नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल नाडाले अटो व्यवसायीहरुले ग्राहक ठगी गरेको भन्दै भ्रम सिर्जना गरेको आपत्ति जनाएको छ।
सवारी साधनहरुको मुनाफा सम्बन्धमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागबाट अनुगमन हुँदा कालोबजारी ऐन,२०३२ बमोजिम बढी मुनाफा भयो भन्ने सम्बन्धमा आफूहरुको ध्यानाकर्षण भएको नाडाले जनाएको छ।
नेपाली नागरिकले स्वतन्त्र रुपमा व्यापार व्यवसाय गर्न पाउने संवैधानिक हकको संरक्षण होस् र सर्वसाधारणमा कुनै पनि किसिमको भ्रम उत्पन्न नहोस् भन्ने मनशायबाट नाडाले प्रेस बिज्ञप्ति जारी गरेको छ।
नेपालमा आयात हुने सवारी साधनमा लाग्ने भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर लगायतका राजश्व तिरी बुझाइ सोमा लाग्ने प्रत्यक्ष लागत खर्च,बैंकको ब्याज, प्रशासनिक खर्च, बजारीकरण खर्च लगायतका नियमित खर्च जोडि लागत गणना गर्ने गरिएको नाडाले जनाएको छ।
लगानी गरे बापत सामान्य दरको मुनाफा जोडि बिक्री मूल्यकायम गरी कारोबार गर्ने गरिएको भन्दै नाडाले विज्ञप्तिमा भनेको छ,आर्थिक ऐन बमोजिम यसरी गणना गरिएको बिक्रीमूल्यप्रत्येक चार चार महिनामाप्रकाशित गरी सरोकारवाला सबैलाई सुसुचित समेत गराउने गरिएको छ ।'
अहिले केही सदस्य प्रतिष्ठानहरुको अनुसन्धानहुँदै गर्दा २०३२ सालमाबनेको कालोबजार तथा केही सामाजिकअपराध ऐनको हवालादिंदै मुलुकी ऐनको ठगीको महलको कसुरमा सजायगर्नको लागि प्रहरीलाई लेखी पठाएको भन्ने सम्बन्धमा नाडाले कडा आपत्ति जनाएको छ।
नेपालमा सबैभन्दा बढी राजश्व लगभग १ खर्बको हाराहारीमा सवारीसाधनबाट असुलउपर भइरहेको छ ।
'यस एशोसिएशनका कुनै पनि सदस्यहरुले मुनाफाकै कारणले कालोबजारी र ठगी गरेका छैनन्भन्ने कुरामा विश्वस्त हुन सरोकारवाला सबैमा जानकारी गराउँदछौ,' नाडाले भनेको छ।