बजारमा फोर्स मोटर्सको प्रिमियम माइक्रोबस 'अरबानिया' सार्वजनिक हुने भएको छ।
नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो शो २०२३ मा अरबानिया प्रदर्शनीमा राख्दै यसको लागि बुकिङ खुला गर्ने भएको हो। अरबानिया भारतीय बजारमा निकै चर्चित माइक्रोबस हो। नेपाली बजारमा पनि यो बहुप्रतिक्षित माइक्रोबस हो।
अरबानिया प्रिमियम सुविधायुक्त छ भने कार जस्तै आरामदायी र सुविधासम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ।
विषेशत पर्यटन तथा होटल व्यवसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरू, कुटनीतिक निकायहरू, सरकारी तथा गैर-सरकारी संस्थाहरूका लागि यो माइक्रोबस उपयुक्त हुने कम्पनीको भनाइ छ। यो माइक्रोबस विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गिययरबक्स र एक्सल जडान गरिएको छ।


अरबानिया सुरक्षाका दृष्टीकोणले सम्पूर्ण रेटिङहरूमा अब्बल मानिने कम्पनीले दाबी गर्दै आएको छ। ड्युल एअर ब्यागयुक्त यस गाडीमा एरोडाइनामिक क्र्यास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्किन बडी कन्सट्रक्सन, स्टाइलिस डी आर एल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रिपल एसी प्रविधि, अलराउन्ड भिजिबिलिटी स्क्रिन, टेलिस्कोपिक स्टेरिङ जस्ता विशेषताहरू छन्।
हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दुवैका लागि चार्जिङ पोर्टको व्यवस्था पनि छ। यो माइक्रोबसमा हिल होल्ड कन्ट्रोल, क्यामेरा बेस रिभर्स पार्क प्रविधि, फलो-मी होम फिचर जस्ता अत्याधुनिक विषेशताहरू समेत पाउन सकिन्छ।
आकर्षक र सुविधा सम्पन्न माइक्रोबस भएकाले एक पटक यात्रा गरेपछि पुन यात्राका लागी रोजाइमा पर्ने कम्पनीको भनाइ छ। यो बस १४ र १८ सिट क्षमतामा उपलब्ध छन्।
कम्पनीका अनुसार अरबानियाको सुरुआती बजार मूल्य ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ। यो मूल्य केही समयको लागि मात्र लागू हुने समेत कम्पनीले जानकारी गराएको छ।
यसबाहेक नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकहरूको लागि कम्पनीले आकर्षक छुट सुविधा उपलब्ध हुने बताइएको छ। फोर्स मोटर्सको नेपालका २२ वटा प्रमुख स्थानहरूमा डिलर तथा सर्भिस सेन्टरहरू छन्।