बिवाइडी नेपालका सिइओ शाहिल श्रेष्ठले नेपालमा विद्युतीय गाडीको भविष्य राम्रो भएको बताएका छन्।
काठमाडौंको सोल्टी होटलमा सेतोपाटीले आयोजना गरेको इभी कन्क्लेभमा बोल्दै सिइओ श्रेष्ठले यस्तो बताएका हुन्।
'इभी प्रडक्ट मात्रै होइन, यो इको सिस्टम हो,' उनले भने, 'नेपालमा सन् १९७१ मा ट्रली बस चलेर इभी सुरू भएको इतिहास छ। हामीले इतिहास अध्ययन गरेर धेरै कुरा सिक्न जरूरी छ। किनभने इभीको भविष्य राम्रो छ।'
नेपालमा विद्युतीय गाडीको बजार विस्तार हुँदै गएको पनि उनले बताए।