इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ 'इन्ड्राइभ कम्फर्ट' फिचर सुरू गरेको छ।
यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउँछ।
कम्फर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवा प्रदान गर्न समर्पित तथा हाइरेटिङ गरिएका ड्राइभरहरूका साथ यात्रा गर्न खोज्नेहरूका लागि उपयुक्त छ।
नयाँ सुविधासँगै, नेपाली यात्रुहरूले अब थप आरामदायी र सुविधाजनक यात्राको आनन्द लिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्नेछन्।
इन्ड्राइभ साउथ एसियाका सिनियर मार्केटिङ म्यानेजर अविक कर्माकारले भने, 'इन्ड्राइभमा, हामी हाम्रा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न किफायती, सुविधाजनक वा थप कम्फर्ट सवारी विकल्पहरू प्रदान गर्न समर्पित रहेका छौं। इन्ड्राइभ कम्फर्ट राइडको सुरुवात नेपालमा इन्ड्राइभको लागि आकर्षक विकास हो। हामी हाम्रा प्रयोगकर्ताहरूको विशिष्ट आवश्यकताहरू पूरा गर्ने उपयुक्त सवारी विकल्पहरू प्रस्ताव गर्न प्रतिबद्ध छौं।'
यस्तो छ इन्ड्राइभको कम्फर्ट फिचर
आरामदायी सवारीका लागि उच्च गुणस्तरका कारः इन्ड्राइभ कम्फर्ट श्रेणीका सबै सवारी साधनहरू उत्कृष्ट अवस्थामा रहेका छन र रमाइलो यात्राका लागि वातानुकूलित छन्। यसले काठमाडौंको भीडभाड हुने ट्राफिकमा पनि सहजै यात्राको सुनिश्चित गर्दछ। इन्ड्राइभ कम्फर्ट कारहरूमा इन्टेरियर सफा हुने हुँदा यात्रुहरुलाई सहज र रमाइलो यात्रा प्रदान गर्दछ।
फराकिलो इन्टेरियर भएका सेडान क्लासका गाडीः इन्ड्राइभ कम्फर्ट सवारीहरूमा सेडान–क्लासका गाडीहरू समावेश रहेका छन्, जसले यात्रुहरूलाई थप ठाउँ र सुविधाको अतिरिक्त क्लास प्रदान गर्दछ। एक्लै यात्रा गर्दा होस वा साथीहरू वा परिवारसँग, यात्रुहरूले आरामको लागि प्रशस्त लेगरुम पाउनेछन्।
प्रिमियम अनुभवको लागि उचित मूल्यः इन्ड्राइभ उचित र पारदर्शी मूल्य निर्धारण गर्न प्रतिबद्ध रहेको छ, र इन्ड्राइभ कम्फर्ट सुविधामा पनि उस्तै रहेको छ। यात्रुहरूले अब फराकिलो इन्टेरियर, गुणस्तरिय गाडी र थप सुविधाका साथ प्रिमियम सवारी अनुभवको आनन्द लिन सक्छन्।
आरामदायी, फराकिलो र ह्यासल–फ्रि राइडः इन्ड्राइभ कम्फर्ट सुविधा सहरी यात्राको सामान्य तनावबाट मुक्त मात्र नभएर आरामदायी यात्रा गर्नेहरूका लागि डिजाइन गरिएको हो। अधिक लेगरुम, सहज ड्राइभिङ अनुभव, र टप रेटिङ्ग गरिएका ड्राइभरहरूका साथ, यात्रुहरूले एक उत्कृष्ट सवारीको आनन्द लिन सक्छन्।