चीनमा टेस्ला मोटर्स कम्पनीको विद्युतीय कार सार्वजनिक गरिएको पहिलो दिन नै ५० हजार बुकिङ भएको छ।
चिनियाँ बजारलाई नै केन्द्रित गरेर बनाइएको नयाँ मोडलको यो कार अमेरिका भन्दा पहिले चीनमा सार्वजनिक गरिएको थियो।
बुकिङ खुलेको पहिलो दिनमा नै ५० हजार वटा कारको लागि बुक गरिएको उल्लेख छ।
अहिले दुई भेरियन्टमा उपलब्ध यस्तो कारको मूल्य चिनियाँ बजारमा क्रमशः दुई लाख ६३ हजार ५०० र तीन लाख तीन हजार ५०० युआन तोकिएको छ।
यो नयाँ कार रियर ह्विल ड्राइभ र फोर ह्विल ड्राइभका छन्। रियर ह्विल ड्राइभमा २२० किलोवाट क्षमताको छ।
एक पटक फुल चार्ज गर्दा ५९३ किलोमिटर कुदाउन सकिन्छ। फोर ह्विल ड्राइभ कारको मोटर क्षमता ३३१ किलोवाट छ।
संयुक्त पावर ४४४ एचपी, टर्क (घुमाउने बल), ४५० न्युटन मिटर रहेको छ। यो कारको रेन्ज ७१९ किलोमिटर छ।
यो भनेको एक पटक पूरा चार्ज गरेपछि ७१९ किलोमिटर चलाउन पुग्छ।
टेस्लाका अन्य मोडलमा जस्तै यो कारमा पनि इन्स्ट्रयुमेन्ट क्लस्टर (गाडीका जानकारी देखाउने उपकरण प्यानल) उपलब्ध छैन। १५ इन्चको टचस्क्रिन रहेको छ।