यामाहाले एफजेड–एक्स मोटरसाइकलको २०२५ संस्करणमा हाइब्रिड प्रविधि जडान गर्ने भएको छ।
यसअघि कम्पनीले यो प्रविधि रे–जेडआर र फेसिनो स्कुटरमा प्रयोग गरिसकेको छ। नयाँ एफजेड–एक्स आगामी भारत मोबिलिटी एक्सपोमा सार्वजनिक गर्ने तयारी छ।
कम्पनीका अनुसार यस मोटरसाइकलमा १५० सिसीको सिंगल सिलिन्डर इन्जिनलाई इन्टिग्रेटेड स्टार्टर जेनेरेटरसँग जोडिने छ।
यसले बाइकको कार्य सम्पादनमा सुधार ल्याउनुका साथै आइडल स्टार्ट÷स्टप र साइलेन्ट स्टार्ट जस्ता सुविधाहरू प्रदान गर्नेछ।
इन्जिनसँगै बाइकमा अन्य थुप्रै परिवर्तनहरू गरिनेछ।
यसमा ब्लुटुथ कनेक्टिभिटीसहितको रंगिन टिएफटी डिस्प्ले जडान गरिने जनाइएको छ। यो डिस्प्लेले टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक प्लेब्याक नियन्त्रण र कल तथा म्यासेज अलर्ट जस्ता सुविधाहरू उपलब्ध गराउनेछ।
नयाँ प्रविधि र विशेषताहरूले एफजेड–एक्सलाई थप आधुनिक बनाउने कम्पनीले दाबी गरेको छ।