जनवरी १७ देखि २२ सम्म भारतमा मोबिलिटी एक्सपो हुने भएको छ।
गतवर्ष आर १३०० एचएस एडभेन्चर बाइक ल्याएको बिएमडब्लुले यस पटक एक्सपोमा आर १३०० जिएसए बाइक सार्वजनिक गर्ने भएको छ।
१३०० सिसीको यो बाइकको मूल्य प्रदर्शनी मै घोषणा गरिने भएको छ।
आर १३०० जिएसए अहिले जीएस संस्करणका बाइकहरूभन्दा अग्लो, हिटेड ग्रिप्स (ह्याण्डल बार ग्रिप्स), ट्रयाक्सन कन्ट्रोल (टfयर चिप्लिनबाट बचाउने विद्युतीय सुरक्षा प्रणाली), दुवै पांग्रामा ब्रेकको चाप पर्ने इन्टिग्रेल ब्रेकिङ सिस्टम लगायतका विशेषता छ।
यो बाइकमा ३० लिटरको ट्यांकी छ।
बाइकको इन्जिन टर्क (घुम्ने क्षमता) १४५ ब्रेक हर्सपावर र १४९ न्युटन मिटरको छ।
यही प्रदर्शनीमा यमाहाको टेनर ७०० पनि सार्वजनिक हुने भएको छ।
यमाहाले ७०० टेनर र ९०० टेनर बाइक सार्वजनिक गर्ने तयारी गरिरहेको भारतीय सञ्चार माध्यम फाइनान्सियल एक्सप्रेसले उल्लेख गरेको छ।
यो बाइकको डिजाइन सामान्य छ भने कम्प्रेसन पनि राम्रो छ। बाइक कुन–कुन रंगमा उपलब्ध हुनेछन् भन्ने खुलाइएको छैन।