पारामाउन्ट मोटर्स एमजी मोटर्सको नेपालका लागि अधिकृत आयात तथा वितरकले काठमाडौंमा दुईवटा नयाँ अत्याधुनिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ।
कुसुन्तीमा खोलेको पहिलो सेवा केन्द्रको सफलता पछिको कदमको रूपमा एमजी मोटर्स नेपालले मंगलबार सुकेधारा र सल्लाघारीमा थप सेवा केन्द्रहरू खोलेका छन्। यी केन्द्रहरूले साेही दिनदेखि आधिकारिक रूपमा आफ्नो सेवा प्रदान गर्न सुरू गरेका छन्।
यी नयाँ सेवा केन्द्रहरूले कुसुन्ती सेवा केन्द्रमा लागु गरिएका उन्नत प्रविधि र उच्च सेवा मापदण्डहरूलाई परिचालनमा लेराएका छन्। कुसुन्ती सेवा केन्द्रले २०२३ मा खोलिए देखि ग्राहक सेवामा नयाँ मापदण्ड स्थापना गरेको बताइएको छ।
'हामी सुकेधारा र सल्लाघारीमा यी नयाँ सेवा केन्द्रहरू खोल्न पाउँदा खुशी छौं,' 'एमजी मोटर्स नेपालका प्रवक्ताले भने, 'हाम्रो उद्देश्य भनेको कुसुन्ती सेवा केन्द्रको प्रसिद्धि र उत्कृष्ट सेवालाई विस्तार गर्नु हो। यी नयाँ स्थानहरूले काठमाडौं भरिका एमजी ओनर्सहरूलाई हाम्रो सेवालाई अधिक सुलभ बनाउन मद्दत गर्नेछन्।'
एमजी मोटर्स नेपालले स्थापनादेखि नव प्रवर्तनात्मक मोटरगाडी समाधान र उत्कृष्ट ग्राहक सेवामा आफ्नो प्रतिबद्धता निरन्तर राख्दै आएको छ।