चन्द्रागिरि नगरपालिका वडा-४ स्थित प्राथमिक अस्पताल थानकोटबाट धुलिखेल रूटमा महानगर यातायात प्रालिले ४० वटा यात्रु बस सेवा सुरू गरेको छ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले बिहीबार एक कार्यक्रमका बीच साे बस सेवा आरम्भ भएकाे जानकारी गराए।
हालका लागि ती बस थानकोट गाेदाम- चेकपोस्ट-सतुंगल-कलंकी-बल्खु- काेटेश्वर- भक्तपुर- बनेपा हुँदै धुलिखेलसम्म पुग्नेछन्।
फर्कंदा भने ती बस काेटेश्वरबाट सिनामंगल- चक्रपथ- कलंकी हुँदै थानकोट गाेदाम पुग्नेछन्।