एमजी गाडीको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक गर्ने भएको छ।
यही फागुनको अन्तिम साता एस फाइभ गाडी सार्वजनिक गरिन लागेको पारामाउन्ट मोटर्सले जनाएको छ।
पियोर इभी प्लेटफर्ममा बनाइएको यो गाडी रियर ब्हिल ड्राइभ भएको कम्पनीका महाप्रबन्धक सुनिल क्षेत्रीले जानकारी दिए।
एमजीले यस अघि बिक्री गर्दै आएको जेडएस इभीको यो अपग्रेटेड भर्सनको गाडी हो।
यो गाडी सिटिएल ब्याट्रीबाट बनाएको कम्पनीको दाबी छ। ज्यादै पातलो र अहिलेको परिप्रेक्ष्यमा यो ब्याट्री निकै विश्वसनियता भएको महाप्रबन्धक क्षेत्रीले जानकारी दिए।
परफेक्ट लुक्स, इन्टेलिजेन्स, भर्टीकल नभइकन होराइजेन्टल ब्याट्री फिट भएको यो गाडी निकै सुरक्षित पनि भएको उनले बताए।
९९ किलोवाटको यो गाडीमा ४९.१ र ६२.२ किलोवाटको ब्याट्री जडान गरिएको छ। डिजेल र पेट्रोल गाडी चढिरहेका उपभोक्ताले इभीमा धेरै सजक हुनुपर्ने क्षेत्री बताउँछन्।