नेपालमा बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले बिवाइडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ।
जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरूले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुनेछ।
द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च ४ (फागुन १५ देखि १८) सम्म आयोजना हुने सो इभेन्ट न्यू इनर्जी भेइकल्स (एनइभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्त्वपूर्ण अवसर हुने बताइएको छ।
मोबिलिटीको भविष्य सम्बन्धी एक महत्त्वपूर्ण कदम:
बिवाइडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ, जसले इभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यू इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ।
शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, इभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नै पर्ने स्थल हुनेछ।
बिवाइडी हाई–टेक विक २०२५ का लागि टिकट ई–सेवामा उपलब्ध छ।
विद्यार्थीलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको सुविधा उपलब्ध छ।