मध्यम आकारको मोटरसाइकल (२५० सिसी–७५० सिसी) क्षमताका बाइक उत्पादन गर्ने रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको छ।
पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो।
रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पुर्याइनेछ।
यसको सुरूवाती भेरियन्टको मूल्य ५ लाख ५५ हजार रूपैयाँ तोकिएको छ।
सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबिएस सहित प्रिमियम एलइडी हेडल्याम्प एलइडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ।
यस्तै त्यसमा टाइप सि युएसबी चार्जर हुनेछ भने गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ।
आधुनिक सुविधा सहित अतुलनीय मूल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो। अबदेखि नेपालमा क्लासिक सबै भेरियन्टमा एबिएस उपलब्ध हुनेछ।
न्यू क्लासिक ३५० सातवटा आकर्षक रङमा उपलब्ध हुनेछ।
पाँच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमियम, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन्।
प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन रहेको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार दशकौँदेखि रोयल इनफिल्ड आकर्षक शिल्प, बलियो स्वरूप र शक्तिशाली प्रदर्शनको प्रतीकको रूपमा उभिएको छ। सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई प्रतिनिधित्व गर्दै आएको छ।
नयाँ क्लासिक ३५० ले इनफिल्डको विरासतलाई थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडहरूमाझ नवीन तरिकाले यसको विरासत अघि बढ्न विश्वास लिएको कम्पनीले जनाएको छ।
क्लासिक ३५० सार्वजनिक गर्दै कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले नेपाली बजार कम्पनीका लागि सधैँ विशेष रहँदै आएको बताए।
'सिकेडी सञ्चालनको दुई वर्षमा नै बजारबाट रोयल इनफिल्ड मोटोरसाइकप्रति ग्राहकहरूले दर्शाएको मायाबाट हामी निकै हर्षित र कृतज्ञ छौँ,' उनले भने, 'ग्राहकहरूसँग प्रगाढ सम्बन्ध र माया गाँस्न पाउँदा हामी निकै गौरवान्वित छौँ।'
मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयल इन्फिल्डलाई विश्वास गरिरहेको जनाउँदै कम्पनीले यसले कम्पनीका उत्पादनमा सुधार र निखारता ल्याउनका निम्ति प्रेरित गरिरहेको बताएको छ।
'ग्राहकहरूले हामीलाई जति माया दर्शाउनुहुन्छ, उत्ति नै हामी पनि ग्राहकका राइड अनुभवलाई सहज बनाउने काममा अग्रसर हुनेछौँ,' उनले भने, 'ग्राहकहरूसँग नवीन नाता गास्नका लागि हामी हाम्रो सञ्जाललाई पनि विस्तार गर्न पाउँदा असाध्यै खुशी छौँ।'
नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरङले यसलाई अझै सुन्दर बनाएको कम्पनीको दाबी छ।
नेपालमा बढ्दो प्रिमियम मोटरसाइकलको मागलाई पूरा गर्न इनफिल्डको वृहत रणनीतिका निम्ति यो सुरूवात महत्त्वपूर्ण कोसेढुंगा भएको पनि कम्पनीले उल्लेख गरेको छ।
कम्पनीका अनुसार नयाँ क्लासिक ३५० ले एबीएस मात्रै होइन विश्वव्यापी रूपमा प्रख्यात इनफिल्डको कलात्मक डिजाइनको अनुभव पनि ग्राहकलाई दिनेछ।
आकर्षक स्वरूप भिन्टेज आकर्षण र सुधारिएको प्रविधिका कारण क्लासिक ३५० रोयल इन्फिल्डको सांस्कृतिक प्रतीकसँगै त्यसको डिनएको आधिकारिक स्वरूप बन्ने कम्पनीले उल्लेख गरेको छ।
क्लासिङ ३५० ले इनफिल्ड स्वरूपको ऐतिहासिकता र आधुनिकतालाई कलात्मक र रचनात्मक रूपमा जोडेको छ। यस मोडलले रोयल इनफिल्डको आधिकारिक डिनएको प्रतिनिधित्व गरेको छ।
यो मोडलले रोयल इनफिल्ड ब्रान्डको अन्य सिरिजका लागि आधार तयार गर्नुका साथै शिल्प, क्षमता र गौरवशाली विरासतलाई कायमै राख्न पनि प्रेरित गरेको छ। आधुनिक सुधारसहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिङ्लाई थप रोमाञ्चित बनाउने कम्पनीको दाबी छ।
हेरिटिज सिरिजः हेरिटिज सिरिज मद्रास रेड र जोदपुर ब्लुमा उपलब्ध छ। यो डिजाइन रोयल इन्फिल्डको सांस्कृतिक स्वरूपबाट प्रेरित छ। मेटालिक फ्लेक फिनिस र गोल्डेन पिनस्ट्रिपिङ्ले यसलाई भिन्टेज स्वरूप प्रदान गरेको छ।
हेरिटेज प्रिमियमः यो भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ। यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध बनाएको छ।
सिग्नल सिरिजः कमाण्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र बलसँगको ऐतिहासित सम्बन्धको सम्मान गर्छ। यो अध्यावधि स्वरूपले झनै सौन्दर्य बढाएको छ।
डार्क सिरिजः खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपनले यसलाई थप आकर्षक बनाएको छ।
क्लासिक क्रोमः निख्खर हरियो स्वरूपमा उपलब्ध यस मोडलले भिन्टेज शैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ।
रोयल इन्फिल्डले सन् २०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सिकेडी राखेको छ।
त्रिवेणी समूहसँगको सहकार्यकमा सार्क क्षेत्रमा व्यापार अभिवृद्ध गर्ने उद्देश्यसहित नेपालप्रति कम्पनीको प्रतिवद्धताका लागि सिकेडी राखिएको हो।
वीरगन्जमा रहेको सिकेडीमा वार्षिक रूपमा २० हजार युनिट बाइक एसेम्बल हुन्छ।
सिकेडी ब्राजिल, अर्जेन्टिना, थाइल्यान्ड, कोलम्बिया, बंगलादेशमा छ भने भारतको तमिलनाडुमा छ।
यस्तो छ मूल्य सूची :
भेरियन्ट | मूल्य |
हेरिटेज (मदरास रेड, जोधपूर ब्लू) | ५ लाख ५५ हजार रूपैयाँ |
हेरिटेज प्रिमिय (मेडालियन ब्रोन्ज) | ५ लाख ६६ हजार रूपैयाँ |
सिग्नल्स (कमाण्डो सेण्ड) | ५ लाख ६६ हजार रूपैयाँ |
डार्क (गन ग्रे स्टेल्थ ब्ल्याक) | ५ लाख ७३ हजार रूपैयाँ |
क्रोम (इमराल्ड) | ५ लाख ७९ हजार ९०० रूपैयाँ |