नेपालमा ओमोडा एन्ड जेइकोको गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भी-२३’ को सोमबार पहिलो झलक प्रस्तुत गरेको छ।
ओमोडा एन्ड जेइको र आइकार दुवै चिनियाँ अटोमोबाइल निर्माता ‘चेरी ग्रुप’ को हिस्सा हो, जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको छ।
चेरीले विश्वका ८० भन्दा बढी मुलुक र क्षेत्रहरूमा निर्यात गर्दै विश्वभर १ करोड ३० लाख भन्दा बढी सवारीसाधन वितरण गरेर बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ।
आइकार भी-२३ ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ ‘बेन्चमार्क’ स्थापित गरेको छ।
कम्पनीका अनुसार साइबर-टेक डिजाइन सहितको यो रेट्रो-क्लासिक एसयुभी बलियो र सुक्ष्म इन्जिनियरिङमा आधारित छ। यसमा एक सय किलोवाटको सिंगल मोटर सेटअप छ जसले १८० न्युटनमिटरको टर्क प्रदान गर्छ।
साथै, ५९.९३ किलोवाटआवरको ब्याट्री प्याकसहित उपलब्ध छ।
यस एसयुभीको लम्बाइ ४ हजार २ सय २० मिलिमिटर, चौडाइ १ एकहजार ९ सय १५ एमएम , उचाइ १ हजार ८ सय ४५ मिलिमिटर र ह्विलबेस २ हजार ७ सय ३५ मिलिमिटर छ।
यो छ वटा विभिन्न रंगमा उपलब्ध हुनेछ।
यसको क्याबिनले आराम र व्यावहारिकतालाई प्राथमिकता दिएको छ। अगाडिको प्रशस्त स्पेसले दुवै ढोकाबाट सजिलै भित्र आउन र निस्कन सकिने खालको छ। पछाडिको सिट अझ फराकिलो छ।
यस एसयुभीको भित्र विशेष रूपमा डिजाइन गरिएका मेकानिकल नबहरू (डायलहरू) छ। यो एसयुभीको ७० प्रतिशत भन्दा बढी भाग, हाइ-स्ट्रेन्थ स्टिलको प्रयोग गरी हाइ-रिजिडिटी बडीमा निर्मित भएको कम्पनीले जनाएको छ।
आइकार भी-२३ ले ‘इन्टरप्राइज-ग्रेड ब्याट्री सेफ्टी’ मापदण्ड पालना गरेको छ, जसले आइकार भी-२३ को टिकाउपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउने कम्पनीले जानकारी दिएको छ।
ओमोडा एन्ड जेइकोको समेत आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले नेपाली ग्राहकहरूका लागि विद्युतीय सवारी अनुभवलाई नयाँ स्तरमा पुर्याउने लक्ष्य रहेको बताएको छ।
आइकार भी-२३ एक नयाँ पुस्ताको विद्युतीय सवारीसाधन ब्रान्ड हो। नेपालमा यसको पहिलो मोडल आइकार भी-२३ समेत छिट्टै सार्वजनिक हुँदैछ।