अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आइतबारबाट देशभरका दिपल, नामी र सेरेसका आधिकारिक सोरुमहरूमा चाडपर्व लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ।
आगामी आइतबारसम्म सञ्चालन हुने उक्त एक्सचेन्ज मेलामा पहिलो दिन नै ग्राहकको उत्साहजनक सहभागिता देखिएको कम्पनीले जनाएको छ।
मेलामा दिपल, अवतार, नामी र सेरेसका इलेक्ट्रिक भेहिकल (इभी) मोडल अवलोकन र टेस्ट ड्राइभ गर्न ग्राहकको भीड थियो।
एक्सचेन्ज कार्निभल मार्फत् ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर नयाँ, स्टाइलिस र प्रविधिगत रूपमा अग्रसर इभीमा अपग्रेड गर्ने अवसर पाउनेछन्।
त्यसैगरी, ग्राहकहरूले नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् पुराना गाडीहरूको उच्चतम मूल्यांकन गराउन सक्ने व्यवस्था गरिएको छ। साथै, एक्सचेन्ज बोनस र नगद छुट मार्फत निश्चित मोडलहरूमा १५ लाख रुपैयाँसम्मको लाभ पाउने अवसर समेत छ।
मेला अवधिभरमा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीका लागि नाइट स्टेको अफर समेत पाउनेछन्। यो एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारको टेस्ट ड्राइभ पनि उपलब्ध छ।
काठमाडौंसँगै देशभरका दिपल, नामी र सेरेसका सोरुमहरूमा समेत एक्सचेन्ज कार्निभल सञ्चालन भइरहेको छ। ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य विशेष अफरहरू समेत पाउन सक्नेछन्।