नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैं–तिहालाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (बिपिएल)’ सार्वजनिक गरेको छ।
नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन सुरु गरेको हो।
क्याम्पेनअनुसार हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीअनुसार रन जित्नेगरी पुरस्कार प्राप्त गर्नेछन्। जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाइनेछ। साथै, ग्राहकले नागरिकताको आधारमा सहज फाइनान्सिङ सुविधा पाउनेछन्।
ग्राहकले सातै प्रदेशबाट हरेक साता ५० हजार रूपैयाँ नगद उपहार पाउँनेछन्। त्यस्तै, ‘प्लेयर अफ द विक’ बन्ने ग्राहकले एक लाख रूपैयाँ पाउँने कम्पनीले बताएको छ।
कम्पनीले यस क्याम्पेनमार्फत ग्राहकसँगको सम्बन्ध अझ गहिरो बनाउने लक्ष्य राखेको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बताए।
बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारसँगै क्रिकेट र मनोरञ्जनसँग सम्बन्धित विशेष अनुभव पनि पाउनेछन्।