नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशीलाई एमजी एस–फाइभ इभी को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
काठमाडौंस्थित शोरूममा एक समारोहकाबीच दुई वर्षे सम्झौताअनुसार प्रियंकाले एमजी एस–फाइभ इभीलाई विज्ञापन र प्रवर्धनात्मक गतिविधिमा प्रतिनिधित्व गर्ने छिन्।
प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले प्रियंकाको व्यक्तित्व एमजी ब्रान्डको आत्मविश्वास र आधुनिकताको प्रतिनिधित्व गर्ने बताए।
सो अवसरमा प्रियंकाले एमजीसँगको सहकार्यलाई रोमाञ्चक यात्रा भएको बताउँदै उत्साह प्रकट गरिन्।
साझेदारीले एमजीलाई नेपाली युवा र सवारीप्रेमीहरूसँग अझ नजिक ल्याउने अपेक्षा गरिएको छ।