वैदेशिक रोजगारीका लागि नेपालीहरु विदेशिएका छन् । उनीहरुले घरमा रकम पठाउने माध्यम भनेको मनि ट्रान्सफर कम्पनीहरु नै हुन् ।
महिनाभर पसिना बगाएर कमाएको रकम सुरक्षित र विश्वसनियता होस भनेर विदेशिएकाहरुले मनि ट्रान्सफर कम्पनीहरु रोज्छन् । आर्थिक वर्ष २०७१-०७२ देखि निरन्तररूपमा रेमिट्यान्सको वृद्धिदर घटिरहेको छ।
२०७०- ०७१ मा सबैभन्दा बढी २५ प्रतिशतले बढेको उक्त आय त्यसपछिका वर्षमा उकालो लागेको छैन।
विदेशमा कमाएर पठाउने त्यस्तो रकम घट्नुको मुख्य कारण कामको खोजीमा विदेशिने संख्यामा कमी आउनु हो। विगत तीन वर्षदेखि त्यस्ता कामदारको संख्या घटिरहेको छ।
चार वर्षअघि काम खोज्दै विदेश जानेको संख्या ५ लाख २७ हजार थियो भने तीन वर्षअघि त्यो घटेर ५ लाख १२ हजारमा झर्यो। दुई वर्षअघि ४ लाख १८ जना कामका लागि विदेश गएका थिए भने पछिल्लो वर्ष यो संख्या थप घटेर ३ लाख ९८ हजारमा झर्यो। काम गर्न जाने नै लगातार घट्न थालेपछि विदेशबाट आउने आम्दानी पनि घट्ने नै भयो।
रेमिट्यान्सका विषयमा हामीले युएइमा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरका रिलेसनसिप म्यानेजर
सरोज सिंह महर्जनसँग कुरा गरेका छौँ।
दुबईमा रोजगारीका लागि झण्डै ३ लाखको संख्यामा नेपाली रहेको भनिन्छ। कस्तो छ यहाँबाट जाने रेमिट्यान्सको अवस्था ?३ लाख नेपाली दुबईमा भएको भन्ने तथ्यांक श्रम विभागको हो। त्यसबाहेक हामीले सर्वेक्षणका आधारमा भिजिट भिषामार्फत आएर यहाँ काम गरेर बसेका समेतलाई जोडेर हेर्दा त्यो संख्या झण्डै ४ लाखको हाराहारीमा रहेको अनुमान छ।
जहाँसम्म पैसा पठाउने तरिकाको सन्दर्भ छ, त्यसमा नेपाली रेमिट्यान्स कम्पनी र बैंकिङ च्यानल नै हो।
त्यसबाहेक अवैधानिक मार्ग हुँदै पनि गएको छ। यदि नेपालको जनसंख्यालाई शत प्रतिशत मान्ने हो भने हामी जस्ता रेमिट्यान्स कम्पनी मार्फत ५० प्रतिशत तथा गैरकानुनी बाटो हुँदै अर्को ५० प्रतिशत रकम जाने गरेको छ।
दुबईमा पनि थुप्रै मनी ट्रान्सफर कम्पनी छन्, घर पैसा पठाउँदा सिटीलाई नै किन रोज्ने ?सर्वप्रथम सिटी एक्सप्रेस किन रोज्ने भन्ने प्रश्नमा हामी हाम्रो ब्यवसायसँगै सामाजिक उत्तरदायित्वको बोधसहित आएका हौँ। हामी स्थापना भएको ११ वर्ष भयो। त्यसैले नेपालीले दुख गरेर आर्जन गरेको रकम यहाँबाट दिराममा पठाउनुहुन्छ र नेपालमा रुपैंयाँमा पाउनुहुन्छ, यहाँ सटही गर्दा अरुको तुलनामा दुइ चार ‘फिल्स’ ज्यादा छ।
त्यस्तै अन्य कम्पनीले यहाँबाट एक हजार दिराम भन्दा बढी पठाउँदा २० दिराम सर्भिस चार्जका रुपमा लिन्छन् भने हामीले ३ हजार दिरामसम्म पठाउँदा १५ दिराममात्र चार्ज लिने गरेका छौँ। यो भनेको अन्य कम्पनीको तुलनामा हाम्रो मा नेपाली झण्डै एक सय ५० रुपैंयाँ सस्तो पर्न आउँछ।
त्यस्तै हाम्रोबाट जति पनि ट्रान्जेक्सन बन्छन् त्यसबापत प्रति ट्रान्जेक्सन करिब नेपाली २० रुपैंयाँ धुर्मुस सुन्तली फाउण्डेसनमा पुनर्निमार्णकै लागि सहयोग जान्छ।
फाउण्डेसनलाई रकम ग्राहकको गोजीबाट नभएर उहाँहरुले तिरेको सर्भिस चार्जबाट जाने हो। त्यसैले यी लगायतका यावत पृथक कार्य, सर्भिस चार्ज सस्तो, एक्सचेन्ज रेट बढी दिने भएकाले आम ग्राहकमाझ हामी बस्न सकेका छौँ। यो ८ महिनाको अवधिमा नै हामीले ५ हजार भन्दा बढी ग्राहक लाई सेवा दिएका छौँ।
त्यसैले सिटी एक्सप्रेस नै किन भन्दा, एउटा चैं हामी बैधानिक च्यानल, धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग जाने तथा अर्को एकदमै भिन्न काम हामीले के गरेका छौँ भने कसैले पनि यहाँबाट आफन्तलाई पैसा पठाउँदा प्रापकको नम्बरका आधारमा हाम्रो नेपालमा भएको टिमले प्रापकलाई फोन गर्छ र उसको सबैभन्दा नजिकको लोकेसनका बारेमा जानकारी दिने गछौँ।
पैसा पाउने सबै व्यक्तिले सबै व्यक्ति साक्षर नहुन पनि सक्छ त्यसले गर्दा उसलाई एसएमएस पठाउँदा बुझ्न कठिन हुने भएकाले हामी फोन गरेर नै उ नजिकैको सिटी एक्सप्रेसको एजेन्ट, सव एजेन्टमार्फत पैसा झिक्न सक्छ।
सिटी एक्सप्रेसबाट रेमिट्यान्स पठाउँदा सस्तो तथा भदपर्दो हुन्छ भनेर हामी दाबीका साथ भन्न सक्छौँ ?एकदमै। हुन त बैधानिक च्यानलबाट पैसा पठाउँदा त्यो भरपर्दो नै हुन्छ। तर हामीले जसरी यहाँबाट पठाएको पैसालाई पाउने व्यक्तिलाई पैसा आएको छ भनेर खबर गर्ने अनि पैसा झिक्न लाई उहाँके नजिकैको लोकसन गाइड गर्छौँ, यसले ग्राहकलाई सहज महशुस हुन्छ।
सिटीमातर्फ युएईबाट नेपाल पैसा पठाउँदा केही अफर पनि छ कि ?गएको दसैं, तिहार तथा छठमा भने हामीले विश्वका जुनसुकै देशबाट नेपाल पैसा पठाउँदा गोलाप्रथाबाट उपहार दिने अफर दिएका थियौँ, जस्मा युएइबाट ११ जना ग्राहकले चाँदीको सिक्का जित्न सफल हुनु भयो।
युएइलाई नै केन्द्रित गरेर अहिले कुनै पनि अफर सार्वजनिक नगरिएता पनि निकट भविष्यमा नै त्यसका लागि योजना बनाइरहेका छौँ। यसका लागि अहिले यहाँका दुई स्थापित एक्सचेन्ज हाउससँग सहकार्य छ। यसलाई पनि बढाएर तीन चारवटा पुर्याउने र हाम्रो ब्राण्ड एमबेसेडर धुर्मुस सुन्तलीलाई यहाँ बोलाएर यहाँ भएका नेपालीमा भर सचेतना अभियान चलाउने योजना बनाएका छौँ।
युएईका कति वटा प्रान्त वा काउण्टरबाट पैसा पठाउन सकिन्छ ?युएईमा सात वटा इमिरेट्स छन्। ती सातै वटा ठाउँबाट पैसा पठाउन सकिन्छ। हामीले अहिले सहकार्य गरिरहेको दुई वटा स्थापित एक्सचेन्ज गरिरहेको मध्य अलन्सारी एक्सचेन्जको १७२ वटा तथा अल फरदान एक्सचेन्ज को ६२ वटा शाखा छन्। यहाँका सातै वटा राज्यमा रहेका यी दुईटैको गरेर २३४ वटा शाखाबाट पैसा पठाउन सकिन्छ।
जति पनि रेमिट्यान्स प्रदायक संघसंस्थाहरु छन् तीनलाई हुण्डीले असर गरिरहेको भनिन्छ, यहाँ चाहि कस्तो छ रु हामीले नेपालीहरुर्ला सेवा दिने उद्धेश्यले बैकिङ च्यानलमार्फत पैसा जाओस् भनेर जुन सेवा सञ्जाल सुरु गरेका छौँ त्यसलाई नै निरुत्साहित बनाउने काम केही अवैधानिक मार्ग सक्रिय छ।
सरकारी तवरबाटै यसलाई नियन्त्रण तथा नियमन गर्ने हो भने हामो जुन बैंकिङ च्यानल मार्फत पैसा जान्छ त्यसबाट सरकारलाई जुन लाभकर जान्छ त्यो बढ्छ र यहाँबाट पैसा पठाउने पैसा सुरक्षितरुपमा नेपाल पुग्छ र त्यसले समग्र नेपालको अर्थतन्त्रलाई नै टेवा पुग्छ भन्ने मेरो धारणा रहेको छ।
तपार्इँहरुले सस्तो, सजिलोसँग सेवा दिइरहनु भएको छ। तर पनि किन हुण्डीतर्फ आकर्षित हुन्छन् ? एउटा कुरा त पैसा आदानप्रदान गर्ने निकै नै पुरानो विधि हो। यसबाहेक हुण्डी मार्फत पैसा पठाउँदा बैकिङ च्यानल भन्दा बढी एक्सचेन्ज रेट पाइन्छ। त्यस्तै हुण्डीबाट पैसा पठाउँदा उधारोमा समेत कारोबार हुने गरेको कुरा बजारमा सुनिन आएको छ।
त्यस्तै जो हुण्डी कारोबारी हुनुहुन्छ उहाँले कामदारको तलब नआई कामदारको अनुरोधमा आफैँ पैसा पठाइदिने तथा तलब आएपछि मात्र पैसा पठाएको रकम पछि असुल गर्ने समेत गरेका छन्। यसबाहेक घरसम्मै पैसा पुर्याइदिने र सर्भिस चार्ज समेत नलाग्ने भएकाले मानिस हुण्डीतर्फ आर्कषित भएको मलाई लाग्छ।
सिटीको सरसर्ति हेर्दा ९ महिने युएइ यात्रा कस्तो रह्यो ?हाम्रो कम्पनीको ‘जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस’ भन्ने ट्यागलाइन छ त्यसलाई नै शिरोपर गरेर युएईमा बिजनेस बढाएका हौँ। हामी युएईमा भने नयाँ हौँ तर जापान,मलेसिया, कोरिया, साउदी र कतार गरी अरु खाडी मुलुकमा पहिले देखि नै थियौँ।
हामी यहाँ आएको छोटो अवधिमा नै जुन किसिमको सेवा सुविधा त्यसका आधारमा ग्राहकहरु निकै बढिरहेका छन्। यसलाई हामीले निकै सकारात्मकरुपमा लिएका छौँ। यसबाहेक तपाईँले भन्नुभएको जस्तो हुण्डीलाई निर्मुल गर्ने खालको हामीले भन्दा पनि सरकारले यस विषयमा ध्यान दिनु पर्छ जस्तो मलाइ लाग्छ।
साथै म युएइमा बस्ने नेपालीहरुसँग के आग्रह गर्छु भने त्यो बाटो गलत हो र भोलि त्यसले अप्ठ्यारो पार्न सक्छ, बैंकिङ च्यानलमार्फत पैसा पठाउँदा तपाईँसँग त्यसको प्रमाण हुन्छ र त्यो पैसा सुरक्षित हुन्छ ।