एभरेष्ट बैंकको ३१ औं वार्षिक साधारण सभाले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पनि पारित गरेको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को लागि जिपी राजवाहक एण्ड कम्पनीलाई लेखापरिक्षकमा नियुक्त गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ।