सरकारी स्वामित्वका दुइटा उद्योगले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेबापतको प्रिमियम महसुल तिर्न निवेदन दिएका छन्।
हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले बक्यौता तिर्न निवेदन दिएका हुन्।
उनीहरूले बक्यौता किस्ताबन्दीमा तिर्ने जनाएका छन्।
प्राधिकरणका अनुसार हेटौंडा सिमेन्टको बक्यौता ३३ करोड ८० लाख ८६ हजार २५० रूपैयाँ छ। त्यस्तै उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रूपैयाँ बक्यौता छ।