बोटलर्स नेपाल (तराई) ले सेयरधनीहरूलाई नगद लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट प्रतिसेयर ५० रूपैयाँ नगद लाभांश वितरण गर्ने निर्याय गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष कम्पनीले प्रतिकित्ता ६० रूपैयाँ नगद लाभांश वितरण गरेको थियो।