बलेफी हाइड्रोपावरले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ।
कम्पनीले नेप्सेमा गरेको पत्राचार अनुसार बुधबार साँझ बसेको कम्पनीको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।
कम्पनीले एक सय ८८ मेगावाटको सुर्के दुधकोशी जलविद्युत आयोजनामा लगानी गर्ने उदेश्यले हकप्रद जारी गर्न लागेको पत्रमा उल्लेख गरेको छ।
सुर्के दुधकोशी जलविद्युत आयोजनाको विस्तृत परियोजना विवरण अध्ययन गर्दा उपयुक्त देखिएकोले लगानी गर्ने निर्णय भएको कम्पनीले उल्लेख गरेको हो।
कम्पनीले आगामी साधारण सभाको हकप्रद सम्बन्धी प्रस्ताव लैजाने भएको छ। हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब ६५ करोड रूपैयाँ छ।