सोल्टी होटलको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ३१.५७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीले १६.५७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने भएको हो।
कम्पनीको लाभांश साधारण सभाबाट पारित हुन बाँकी छ। कम्पनीले मंसिर ५ गते बुक क्लोज मिति तोकेको छ।
मंसिर चार गतेसम्म सेयर स्वामित्व हुनेले यो लाभांश पाउने छन्। कम्पनीले मंसिर २८ गतेको लागि वार्षिक साधारण सभा समेत तोकेको छ।
यसअघि पनि कम्पनीले ३६.८४ प्रतिशत लाभांश दिएको थियो। अहिले कम्पनीको सेयर प्रतिकित्ता ५४९ मा कारोबार भइरहेको छ।