आइसिएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले १५.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
कम्पनीको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र वार्षिक साधारण सभाबाट पारित हुन बाँकी छ।
यसअघि कम्पनीले ५.२६३ प्रतिशत नगद लाभांश दिएको थियो।
हाल कम्पनीको सेयर प्रतिकित्ता ६ सय २८ रूपैयाँमा कारोबार भइरहेको छ।