सेयर बजार विश्लेषण
अहिले सेयर बजार घटिरहेको छ। सोमबारसम्म लगातार तीन दिनमा सेयर बजार ४१ अंकले घटेको हो।
बजार घटबढ हुनु नियम नै हो। तर लगानीकर्ताहरूले बजार कतिखेर बुलिस हुन्छ वा बियरिस प्रवृत्तिमा छ भनेर बुझ्न आवश्यक हुन्छ।
बजार बुलिस र बियरिस कुन प्रवृत्तिमा छ भनेर हेर्ने विभिन्न आधार हुन्छन्।
आज हामी सबभन्दा सजिलो आधारको चर्चा गर्नेर्छौं।
कुनै पनि बजार नजिकको उचाइबाट २० प्रतिशत घटेमा बजार बियरिस र २० प्रतिशतले बढेमा बुलिस प्रवृत्तिमा गएको भनेर विश्लेषण गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ।
नेप्से यसअघि २०८१ साउन ३१ गते (र, २०८२ साउन १३ गते दुवै पटक) ३००० विन्दुमा थियो।
सोमबार २५६१ विन्दुमा आएको छ। हालसम्म नेप्सेले १४.६९ प्रतिशत गुमाएको छ।
यसअघि गत असोज ३० गते नेप्से २४८७ विन्दुसम्म पुगेको थियो। यो भनेको नजिकको उचाइबाट करिब १७ प्रतिशतको गिरावट हो।
यस आधारमा हेर्दा नेपाली सेयर बजार परिसूचक नेप्से बियरिस प्रवृत्तिमा आइसकेको छैन। तैपनि धेरैले अहिले यो प्रवृत्ति मानेका छन्।
सेयर विश्लेषक सुवासचन्द्र ढुंगाना भने बजार जुनै प्रवृत्तिमा हुँदा पनि २० प्रतिशतसम्म घटबढ हुने भएकाले यो दरलाई आधार मान्न नहुने बताउँछन्। त्यसैले कम्तीमा नेप्से परिसूचक ३० प्रतिशतभन्दा धेरैले घटबढ भएमा पुरानो प्रवृत्तिबाट नयाँ प्रवृत्तिमा गएको मान्न सकिने उनले बताए।
त्यसो भए अहिले सेयर बजारमा रहेका कम्पनीहरूको मूल्य बियरिस प्रवृत्तिमा गएको छ?
जबाफमा ढुंगानाले भने, ‘अन्य मुलुकमा भएको अभ्यास वा मान्यताले नेपाली बजारमा काम नगर्ने भएकाले ती मान्यतालाई नै आधार मान्न हुँदैन।’
नेपाली बजारमा कम्पनीहरूको सेयर मूल्य ३०/४० प्रतिशतसम्म घटेर फेरि केही बढ्न थाल्ने प्रवृत्ति यसअघि पनि देखिएको छ। त्यसैले पनि कम्पनीको मूल्यमा भएको गिरावटको आधारमा प्रवृत्ति विश्लेषण गर्न नहुने उनको तर्क छ।
घट्दो बजार मूल्य लगानी गर्ने एउटा आधार भने हुन सक्छ। किनभने बजार बढ्न थाल्दा यसरी न्युन मूल्यमा पुगेका कम्पनीको सेयर मूल्य पनि बढ्न थाल्छ।
२०८१ साउन ३१ गते नेप्से ३००० विन्दुमा हुँदाको तुलनामा कतिपय कम्पनीहरूको सेयर मूल्य उच्चले घटेको छ।
यहाँ हामीले वाणिज्य बैंक, जीवन बीमा र वित्त कम्पनीको सेयर मूल्य लिएका छौं। अहिले धेरै कम्पनीको सेयर मूल्य २० प्रतिशतदेखि ६८ प्रतिशतसम्म घटेको छ।
बजार बढ्ने प्रवृत्तिमा जाँदा यस्ता कम्पनीको मूल्य माथि जान सक्छ। त्यसैले यी कम्पनी अहिले लगानीका लागि एउटा आधार हुन सक्छन्। तर मूल्य उच्चले घटेका कम्पनीमा लगानीकर्ता सतर्क हुनुपर्छ।
|
लाइफ इन्स्योरेन्स कम्पनी
|
२०८१ भदौ १ को सेयर मूल्य
|
२०८२ कात्तिक २४ को सेयर मूल्य
|
फरक प्रतिशत
|
|
एसियन लाइफ
|
७९२
|
४६४
|
४१
|
|
सिटिजन्स लाइफ
|
७००
|
४७०
|
३२
|
|
हिमालयन लाइफ
|
५६४
|
३७२
|
३४
|
|
आइएमई लाइफ
|
५८०
|
४४६
|
२३
|
|
लाइफ कर्पोरेसन
|
२०६५
|
८४०
|
५९
|
|
नेसनल लाइफ
|
७३०
|
६१०
|
१६
|
|
नेपाल लाइफ
|
१०१०
|
८१०
|
२०
|
|
प्रभु लाइफ
|
६६९
|
४८०
|
२८
|
|
रिलायबल लाइफ
|
५७८
|
४७०
|
१८
|
|
सानिमा रिलायन्स
|
५८१
|
३९०
|
३२
|
|
सन लाइफ
|
६७३
|
४६७
|
३०
|
|
सूर्यज्योती लाइफ
|
५९१
|
४२९
|
२७
|
*
|
बैंक
|
२०८१ भदौ १ को सेयर मूल्य
|
२०८२ कात्तिक २४ को सेयर मूल्य
|
फरक प्रतिशत
|
|
कृषि विकास बैंक
|
४१९
|
३१२
|
२५
|
|
सिटिजन्स बैंक
|
२७७
|
१९२
|
३०
|
|
एभरेस्ट बैंक
|
७१३
|
६३३
|
११
|
|
ग्लोबल आइएमई बैंक
|
२८३
|
२२६
|
२०
|
|
हिमालयन बैंक
|
२८९
|
१९३
|
३३
|
|
कुमारी बैंक
|
२५६
|
१८१
|
२९
|
|
लक्ष्मी सनराइज बैंक
|
२७८
|
२१८
|
२१
|
|
माछापुच्छ्रे बैंक
|
२७८
|
२१०
|
२४
|
|
नबिल बैंक
|
६६०
|
५०९
|
२२
|
|
नेपाल बैंक
|
३२६
|
२४१
|
२६
|
|
नेपाल इन्भेस्टमेन्ट बैंक
|
२७३
|
१९६
|
२८
|
|
नेपाल एसबिआई बैंक
|
४४९
|
३९०
|
१३
|
|
एनआइसी एसिया बैंक
|
५४५
|
३१५
|
४२
|
|
एनएमबी बैंक
|
२८१
|
२३४
|
१६
|
|
प्रभु बैंक
|
२७३
|
१८७
|
३१
|
|
प्राइम कमर्सियल बैंक
|
३११
|
२४०
|
२२
|
|
सानिमा बैंक
|
३६७
|
३०४
|
१७
|
|
सिद्धार्थ बैंक
|
३६२
|
३३२
|
८
|
|
स्टयान्डर्ड चार्टर्ड
|
७१४
|
६३९
|
१०
|
*
|
वित्त कम्पनी
|
२०८१ भदौ १ को सेयर मूल्य
|
२०८२ कात्तिक २४ को सेयर मूल्य
|
फरक प्रतिशत
|
|
बेस्ट फाइनान्स
|
६७९
|
६६२
|
२
|
|
सेन्ट्रल फाइनान्स
|
७६३
|
४९२
|
३५
|
|
गुडविल फाइनान्स
|
११५०
|
५९९
|
४७
|
|
गुह्येश्वरी फाइनान्स
|
६७२
|
४६२
|
३१
|
|
गोर्खाज फाइनान्स
|
९४२
|
५२०
|
४४
|
|
आइसिएफसी फाइनान्स
|
८२१
|
६३२
|
२३
|
|
जानकी फाइनान्स
|
७६३
|
४३८
|
४२
|
|
मन्जुश्री फाइनान्स
|
८६०
|
५८६
|
३१
|
|
मल्टिपर्पज फाइनान्स
|
७०४
|
५३३
|
२४
|
|
नेपाल फाइनान्स
|
२०७०
|
६६२
|
६८
|
|
पोखरा फाइनान्स
|
७००
|
३९०
|
४४
|
|
प्रोगेसिभ फाइनान्स
|
७८५
|
५८६
|
२५
|
|
रिलायन्स फाइनान्स
|
६५८
|
४३८
|
३३
|
|
सम्वृद्धि फाइनान्स
|
७४९
|
४०२
|
४६
|
|
श्री इन्भेस्टमेन्ट फाइनान्स
|
७२२
|
४८९
|
३२
|
ध्यान दिनुपर्ने पक्षहरू
कुनै कम्पनी सूचीकृत रहेको समूह सूचकको तुलनामा कम्पनीहरूको मूल्यमा उच्चले गिरावट रहेमा त्यस्ता सेयर बेवास्ता गर्नुपर्ने पनि हुन सक्ने केही विश्लेषक बताउँछन्। कतिपयले यस्तै बेवास्ता गरिएका सेयरमा बढी नाफा हुने सम्भावना पनि देख्न भने सक्छन्। सेयर किन्ने वा नकिन्ने निर्णय भने कम्पनीको वित्तीय अवस्था हेरेर गर्नुपर्छ।
कतिपय कम्पनीले हालै लाभांश दिएको हुन सक्छन्। यस्तो अवस्थामा नेप्सेले त्यस्ता कम्पनीको लाभांश दर अनुसार सेयर मूल्य समायोजन गरेको हुन्छ।
यस्तो कारणले मूल्य धेरै घटेको हो भने पछि फेरि मूल्य बढ्ने सम्भावना हुन्छ नै। त्यसैले निरन्तर बजारका अन्य कम्पनीले दिने औसत लाभांशभन्दा धेरै दिने लाभांश दिने कम्पनी भएमा छान्न सकिन्छ।
कतिपय कम्पनी सानो पुँजीका हुने भएकाले मूल्य उच्चले घटबढ भइरहेको हुन्छ। यस्ता कम्पनीमा लगानी गर्दा फाइदा हुँदा उच्च र नोक्सान हुँदा न्यून हुन्छ। यस्ता पक्ष पनि ध्यान दिनुपर्छ।
बजारको कुनै प्रवृत्तिमा कम्पनीको मूल्य १०/२० गुणासम्म बढेको हुन्छ। पछि मूल्य निकै तल ओर्लिन सक्छ। मूल्य ओर्लियो भन्दैमा थप सेयर किनिरहेर मूल्य समायोजन गर्ने बानीले पनि कहिलेकाहीँ धेरै घाटा हुन सक्छ। यसमा पनि ध्यान दिनुपर्छ।