ललितपुरको जावलाखेलमा बान थाई रेष्टुरेन्ट खुलेको छ। जावलाखेलको अल्का अस्पताल टु नजिकै बान थाई रेष्टुरेन्ट खुलेको हो।
रेष्टुरेन्टमा विशेष गरी थाइ फुडहरु पाइने संचालक गणेश ढकालले जानकारी दिए।
'सबै सि फुड हामी थाइल्याण्डबाट ल्याउँछौं,' ढकालले भने।
थाइ खाना खाइरहन अव थाइल्याण्ड नै गइरहनु पर्दैन।
रेष्टुरेन्टमा एकै पटक सय जना बसेर खाना खान सक्छन्। ३ वटा मिटिङ रुम र हल पनि रेष्टुरेन्टमा छ।
ढकालले २ वर्ष अघि बान थाइ रेष्टुरेन्ट महाराजगंजमा पनि खोलेका छन् । अहिले खुलेको नयाँ बान थाई त्यसकै शाखा हो।
'काठमाडौं, भक्तपुर र ललितपुरका थाइ फुड र सि फुडका पारखीहरुलाई महाराजगंज पुग्न टाढा पनि भयो, त्यसैले उनीहरुलाई पायक पर्ने गरी जावलाखेलमा नयाँ रेष्टुरेन्ट खोलेका हौं,' ढकालले भने।
नयाँ रेष्टुरेन्टमा २२ जनाले रोजगारी पाएका छन् । लामो समय थाइल्याण्डमा बसेर आएपछि ढकालले काठमाडौंमा रेष्टुरेन्ट क्षेत्रमा लगानी गरेका हुन्।
उनले दरबारमार्गमा एम्पाएर रेष्टुरेन्ट खोलेका छन् भने तिनकुनेमा रहेको रोयल ब्याङक्वेटमा पनि उनको लगानी छ।
भक्तपुर र काभ्रेमा उनको अर्गानिक फार्म पनि छ। फार्ममा सागपात, तरकारी उब्जनी गरेर रेष्टुरेन्टमा ल्याइ उनले प्रयोग गर्ने गरेका छन् । ढकाल आफैँ सेफसमेत हुन्।