चितवन हिमाल डेण्टलले वार्षिकोत्सवको अवसरमा १५ दिनसम्म निःशुल्क दन्त परीक्षण सेवा दिने भएको छ।
डेण्टलले पुस १ गतेदेखि १५ गतेसम्म यो सेवा दिने भएको हो।
नारायणगढको शहीदचोकमा रहेको मुख्य कार्यालय र भरतपुरको सिएमसी अगाडि शाखाबाट यो सेवा लिन सकिने छ। डेण्टलका सञ्चालक जयराम जोशीका अनुसार दन्त परीक्षणमा कुनै शुल्क लाग्ने छैन। अन्य सम्पूर्ण उपचारमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले बताए।
नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेण्टीकहरूद्वारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्षको पनि यहाँ उपचार हुँदै आएको छ।
दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गरी राख्ने, दुखेको दाँतको जराबाटै उपचार (आरसिटी), दाँतमा हिरा राख्ने, दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्सरे र दन्त प्रत्यारोपण सेवा समेत यस डेण्टलबाट दिँदै आएको उनले जानकारी दिए।
डेण्टलका सञ्चालक रञ्जिता अधिकारीले दाँत सम्बन्धी जनचेतना फैल्याउन निःशुल्क परीक्षण शिविर सञ्चालन गरिएको बताइन्।
उनकाअनुसार विदेशमा दन्त परीक्षण सेवा महँगो पर्ने भएकाले विदेशमा रहेकाहरू समेत यहाँ दाँतको उपचार गर्न आउने गरेका छन्।
विदेश जाने तयारी गरेकाहरू अझै बढी दाँतको उपचारका लागि आउने गरेको उनले बताइन्।
चितवन हिमाल डेण्टलमा वार्षिक ८ देखि १० हजार जनालाई सेवा दिंदै आएको उनले बताइन्। यहाँ नवलपरासी, गोरखा, धादिङ, लम्जुङ, मकवानपुरलगायतका जिल्लाबाट पनि सेवाग्राही आउने गरेका छन्।
म्याग्जिलोफेसियल सर्जन डा. कृष्ण रेग्मीले दाँतको उपचारका लागि चितवनबाट अन्यत्र जान नपर्ने बताए। उनका अनुसार अहिले चितवनमा दाँतको सबै खालको सेवा उपलब्ध छ।