हाइलाइफले नयाँ उत्पादनको रूपमा चामल व्यवसायमा प्रवेश गरेको छ।
बुधबार काठमाडौंमा आयोजित हाइलाइफ पार्टनर मिटमा कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतका सञ्चालकले हाइलाइफको नयाँ प्रडक्टका रूपमा बासमती चामल सार्वजनिक गरेका हुन्।
कम्पनीका अनुसार हाइलाइफले एक्स्ट्रा लोङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र 'जिआई राइस' बजारमा ल्याएको हो।
नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाइलाइफ फुड्सले नयाँ प्रडक्टका रूपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको हो।
'जिआई राइस' डायबेटिक बिरामीका लागि पनि उपयुक्त हुने जनाइएको छ।
लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरको भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
अन्य बासमती चामलहरूको तुलनामा हाइलाइफ फुड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिक तत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ।
अध्यक्ष पौडेलले भने, 'आजसम्म हाइलाइफले एफएमसिजीअन्तर्गत विभिन्न २० वटा प्रडक्ट बजारमा ल्याएका छौँ, जसमा कुरुमकुरुम चिउरादेखि, चोकोप्लस, कन्फ्लेक्स, मस्यौरा, बेसन, ब्रुसली, केचप, जाम, बदाम, चियासिड्स, पेस्तालगायत प्रमुखमा पर्छन्।'
आम उपभोक्ताको मागका आधारमा बासमती चामल ल्याएको उनको भनाइ छ।
हाइलाइफ फुड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने, 'प्रत्येक नेपाली परिवारलाई गुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराइ स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यमा कम्पनी प्रतिबद्ध छ।'
उनका अनुसार हाइलाइफ प्रिमियम बासमती चामल स्वादिलो हुनुका साथै स्वास्थ्यवर्धक समेत छ।
पछिल्लो समय हाइलाइफ फुड्सले विभिन्न उत्पादनमा जोड दिँदैआएको र व्यावसायिक दायरा विस्तार गरिरहेको छ।
कम्पनीलेकिसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दै रोजगार सिर्जना र उत्पादन क्षमता वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिँदैआएको छ।
अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटल युग अनुकूल सेवा प्रणालीमार्फत उद्योगमा अग्रणी भूमिका खेल्ने हाइलाइफ फुड्सको लक्ष्य छ।