राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले यही पुस ६ गतेदेखि २६ गतेसम्म पठाओ सुपरफेस्ट आयोजना गर्ने भएको छ।
कम्पनीका अनुसार सुपरफेस्टमा पठाओ फुडमा मात्रै नभइ राइडमा समेत सेवाग्राहीले ८० प्रतिशतसम्म छुट पाउनुका साथै विभिन्न आकर्षक अफर पनि प्राप्त गर्ने बताइएको छ।
साथै यस वर्षको पठाओ सुपरफेस्टमा सेवाग्राहीले प्रत्येक राइड वा फुड अर्डरका आधारमा सो बराबरको प्वाइन्ट्स प्राप्त गर्न सक्ने तथा पठाओ एप भित्रै पोइन्ट्सको डिल सेक्सनमा गएर रिडिम गरी राइडको प्रोमो कोडहरू पाउन सकिने पठाओ नेपालका निर्देशक सुरक्षा हमालले जानकारी दिइन्।
सुपरफेस्टमा केचप किन्दा पिज्जा फ्री, बर्गर किन्दा अर्को बर्गर फ्री, चिकेन बिरयानीमा चिकेन सेकुवा फ्री, एक रूपैयाँमा दुई क्रन्ची चिकेन बर्गर र बिबिक्यू चिकेन विङ्ग्सर चिकेन राइस बउलर मिट लभर्स पिज्जारचिकेन बिरयानी लगायतका अफरहरू उपलब्ध गराइएको छ।
कम्पनीले सुपरफेस्ट सुरू हुनुअघि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा 'पठाओ एलियन'को भेषमा मिस्टर हुलहुल र मिसेस हुलहुल घुम्न पठाएको थियो। कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ। जुन गत वर्ष नेपालमै पहिलो पटक पठाओले प्रयोग गरेको हो।
मिस्टर हुलहुल र मिसेस हुलहुलको जोडीलाई सबैमाझ परिचित गराउनका लागि कम्पनीले टिकटकमा भिडिओ प्रतिस्पर्धा समेत गरिरहेको जनाएको छ। सुपरफेस्ट अवधिमा उनीहरूसँग भिडिओ बनाएर टिकटकमा राखिने भिडिओमध्येबाट सबैभन्दा बढी लाइक, सेयर र भ्युजका आधारमा एक जनालाई १० हजार रूपैयाँ नगद उपहार प्रदान गरिने छ।
यी अफरहरू हरेक दिन बिहान १० बजेदेखि राति ९ बजेसम्म उपलब्ध हुनेछन्। साथै फ्लास सेल्स तथा रेष्टुरेन्ट अर्डरमा ८० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ। सुपरफेस्टमा एक किलोमिटरको दूरीसम्म निःशुल्क डेलिभरी प्रदान गरिनेछ। कस्टमरले प्रत्येक फुड अर्डरमा स्योरसट प्राइजको स्क्रयाच कार्ड पाउनेछन्।
सेवाग्राहीले स्क्रयाच कार्डमा अल्टिमा लाइफस्टाइलको प्रडक्टमा ३५० रूपैयाँको छुट, डोल्पो गियर्सको ठमेल आउटलेटबाट सामान किन्दा २० प्रतिशत छुट, ट्राङ्क्युलिटी स्पाको ठमेलस्थित शाखामा सेवा लिँदा ४० प्रतिशत छुट, धुलिखेलको जिपलाइनमा भिडिओ बाहेक ४० प्रतिशत छुट, इना सेन्टरमा सामान किन्दा ११ सय रूपैयाँको छुट, मिशिसा कस्मेटिक्समा १५ प्रतिशत छुट पाउन सक्नेछन्।
साथै यति एयरलाइन्सको फ्लाइट बुकिङमा ५ सय रूपैयाँ छुट, माक्कुसेको सामान किन्दा १० देखि १५ प्रतिशतसम्म छुट, वन्डरल्याण्डमा पाँच सय रूपैयाँ बराबरको दुई खेलमा प्रवेशको सुविधा, कोदाली भेन्चर्सका प्रडक्ट खरिदमा छुट र स्पर्सका प्रडक्टमा २०० रूपैयाँ छुट पाउन सक्ने कम्पनीले जनाएको छ।
सुपरफेस्ट अवधिमा हरेक साता भाग्यशाली विजेताहरूले मिशिसा कस्मेटिक्स, अल्टिमा लाइफ स्टाइल, इना सेन्टर र माक्कुसेका तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन्। साथै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले आइफोन १६ पाउनेछन्।
अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओले 'पठाओ सुपरफेस्ट-२०२४' आयोजना गरेको हो।
गत वर्षहरूमा आयोजना गरिएका पठाओ सुपरफेस्ट भव्यरुपमा सफल भएपछि कम्पनीले यस वर्ष पनि सुपरफेस्ट आयोजना गर्न लागेको हो। गत वर्ष सुपरफेस्ट अवधिमा रेष्टुरेन्टहरूमा ग्राहकको भन्दा फुड डेलिभरी लिन जाने पठाओ हिरोहरूको भिड देखिएको थियो।
गत वर्ष पठाओ हिरोहरूले औसत दैनिक ९०० रूपैयाँ कमाउँदै आएकोमा सुपरफेस्ट अवधिमा दैनिक १ हजार ४ सय रूपैयाँ कमाएको निर्देशक हमालले बताइन्।