राजधानीको भृकुटीमण्डपमा ‘बिल्डिङ एन्ड कन्सट्रक्सन एक्स्पो’ सुरु भएको छ।
भूकम्प प्रतिरोधी भवन निर्माणका लागि जनचेतना जगाउने उद्देश्यका साथ सो एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ।
सुरक्षित र दिगो भवन निर्माणका लागि आवश्यक सम्पूर्ण प्रविधिबारे जानकारी दिने मूल उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सका निवर्तमान अध्यक्ष विरेन्द्रराज पाण्डेले जानकारी दिए ।
६० वटा भन्दा बढी स्टल रहेको एक्स्पोमा घर बनाउन चाहिने सम्पुर्ण सामानको जानकारी दिइनेछ।
एक्स्पोमा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि आवश्यक सामग्रीहरु पनि राखिएको छ ।
४ दिनसम्म चल्न एक्स्पोेमा ५० देखि ६० हजार अवलोकनकर्ता आउने अपेक्षा गरिएको नेपाल इन्जिनियरिङ एसोसिएसनका कार्यकारी सदस्य तथा मेला संयोजन समितिका सदस्य होमनाथ पोखरेल जानकारी दिए।
‘एक्स्पोमा सर्वसाधरणले नेपालमा भएका भवन निर्माणका नविनतम उपकरण र सामाग्रीको बारेका जानकारी पाउनु हुनेछ,’ उनले भने।