होङसी शिवम् सिमेन्ट प्रालिले आफ्ना सेयर धनीलाई १०.२४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ।
शिवम् सिमेन्ट लिमिटेडको सहायक होङसी शिवम् सिमेन्ट प्रालिले गत वर्षको मुनाफाबाट आफ्ना सेयर धनीलाई १०.२४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो। होङसी शिवमको हालै सम्पन्न वर्षिक साधारण सभाले उक्त सम्बन्धको प्रस्ताव पारित गरेको हो।
शिवम् होल्डिङ्समा शिवम् सिमेन्टको ८८ प्रतिशत सेयर स्वामित्व छ। होङसी शिवम् प्रालिमा चीनको होङसी होल्डिङ ग्रुपअन्तर्गतको हङकङ रेडलाइन सिमेन्टको ७० प्रतिशत र शिवम् होल्डिङ्सको ३० प्रतिशत नेपाली लगानी छ।
शिवम् सिमेन्टका अनुसार होङ्सीको १२ अर्ब ७३ करोड ९९ लाख ८९ हजार ८ सय रुपैयाँ चुक्ता पुँजीमध्ये शिवम् होल्डिङ्सको पुँजी ३ अर्ब ८२ करोड १९ लाख ९६ हजार ९ सय रुपैयाँ लगानी छ।