चौधरी ग्रुपको भैंसेपाटीस्थित हाउजिङ 'शर्मा एन्ड कम्पनी'ले बनाउने भएको छ। यो कम्पनीले मेडिसिटी अस्पताल, महान्यायधिवक्ताको कार्यालय, नर्वेजियन दूतावास जस्ता भवनहरू निर्माण गरिसकेको सिजी हाउजिङले जनाएको छ। निर्माणमा अनुभवी रहेको यही कम्पनीले आफ्नो हाउजिङमा रहेको भिल्ला बनाउने सिजीले जानकारी दिएको हो।
नेपालमा लक्जरियस हाउजिङ विकास गर्ने लक्ष्यअनुसार कम्पनीले ‘सिजी हिल्स प्रिमियम भैंसेपाटी’ परियोजना अन्तर्गत काम सुरू गर्न लागेको हो। कम्पनीले हालसम्मकै उच्च सुविधायुक्त र महँगो भिल्ला बनाउन लागेको दावी गरेको छ।
यसको बुकिङ सुरू भइसकेको र केही सीमित संख्या मात्र बाँकी रहेको कम्पनीले जनाएको छ।
सिजी डेभलपर्सका अनुसार हाउजिङ आधुनिक र सुविधा सम्पन्न हुनेछ। घरहरू भूकम्प प्रतिरोधात्मक बन्नेछन्। बालबालिकाका लागि छुट्टै पुल हुनेछ। साथमा विद्युतीय गाडीको पार्किङमा चार्जिङ प्वाइन्ट, आधुनिक प्रविधिहरू पनि हुनेछन्।
परियोजनाअन्तर्गत भैंसेपाटीको यो हाउजिङभित्र ६० वटा सुविधासम्पन्न घर बन्नेछन्। यी घरहरू चार आनादेखि १० आना (करिब २७ सय वर्गफिटदेखि ३७ सय वर्गफिटसम्म) जग्गामा बन्नेछन्। चार प्रकारका घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका रहने कम्पनीले जानकारी दिएको छ।
कम्पनीकाअनुसार यहाँ ३३ वटा ‘एमएस’ भिल्ला हुनेछन्। त्यस्तै ६ वटा ‘के अप’ भिल्ला, ६ वटा ‘एफबी’ भिल्ला, ११ वटा ‘एफ’ भिल्ला र ४ वटा ‘कस्टम’ भिल्ला हुनेछन्।
कम्पनीले बनाउन लागेको घरका आ–आफ्नै विशेषता छन्।
‘एमस’ भिल्ला दुईतले हुनेछ। घरको भुइँतलामा लिभिङ रुम, डाइनिङ, किचन, स्टोर, बाथरुम, स्टोर रुम र पार्किङ हुनेछ। यो भिल्लाको पहिलो तल्लामा मास्टरसहित ३ वटा बेडरुम, बाथरुम, फ्यामिली लाउन्ज रुम र कमन ट्वाइलेट हुनेछ।
दोस्रो तल्लामा बेडरुम, रुमसँगै अट्याच बाथरुम, ट्वाइलेट, युटिलिटी रुम र बार्दली (छत) हुनेछ।
‘केअप’ भिल्ला तीन तले हुनेछ जसको ग्राउन्ड फ्लोरमा लिभिङ रुम, किचन, डाइनिङ, बाथरुम हुनेछ। पहिलो तल्लामा मास्टर बेडरुम, बेडरुम, दराज, बाथरुम र फ्यामिली लाउन्ज हुनेछ।
दोस्रो तलामा मल्टिपर्पोज रुम, बेडरुम, बाथरुम र पुल हुनेछ। टप फ्लोरमा बेडरुम, बाथरुम, दराज, स्टोर, पूजाकोठा हुनेछ।
‘एफ’ भिल्लाको ग्राउन्ड फ्लोरमा लिभिङ रुम, किचन, डाइनिङ, बाथरुम हुनेछ। पहिलो तलामा मास्टर बेडरुम, अट्याच बाथरुम, बेडरुम, बाथरुम, दराज र फ्यामिली लाउन्ज हुनेछ। त्यस्तै दोस्रो तलामा मल्टिपर्पोज रुम, बेडरुम, अट्याच बाथरुम, साझा बाथरुम र स्विमिङ पुल हुनेछ। यसमा छतको सुविधा हुनेछ जहाँ पूजाकोठा र लन्ड्री हुनेछ।
‘एफबी’ भिल्लामा अन्य भिल्लाभन्दा केही फरक सुविधा हुनेछन्।
यो भिल्लाको बेसमेन्टमा होम थिएटर र जीम हल हुनेछ। ग्राउन्ड फ्लोरमा लिभिङ रुम, किचन, डाइनिङ, बाथरुम हुनेछ। पहिलो तलामा मास्टर बेडरुम, अट्याच बाथरुम, दराज, बेडरुम, बाथरुम, दराज, फ्यामिली लाउन्ज हुनेछ। यो भिल्लाको दोस्रो तलामा मल्टिपर्पोज रुम, बेडरुम, अट्याच बाथरुम, साझा बाथरुम, स्विमिङ पुल हुनेछ। यसमा छतमा पूजाकोठा र लन्ड्री हुनेछ।
कम्पनीले हालसम्मकै उच्च सुविधायुक्त हाउजिङ बनाउन लागेको जनाएको छ।