आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानहरूको नाफा १२.८८ प्रतिशतले घटेको छ। सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोडमा सीमित भएको छ।
हाल सञ्चालनमा रहेका ४५ मध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र दुई वटा बन्द अवस्थामा छन्।
नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी तीन अर्ब ६३ करोड छ। गत वर्षको तुलनामा ८.६५ प्रतिशतले नोक्सानी बढेको हो।
संस्थानहरूबाट सरकारले प्राप्त गर्ने लाभांश समेत १३ अर्ब ७५ करोडबाट घटेर ८ अर्ब ८३ करोड रूपैयाँमा सीमित भएको छ।
सेयर लगानीको तुलनामा लाभांश अनुपात २.४ प्रतिशत मात्रै हो।
४५ वटा मध्ये २० वटामा सरकारको पूर्ण लगानी र बाँकीमा अधिकांश सेयर स्वामित्व छ।
संस्थानहरूको कुल सम्पत्ति २.२० प्रतिशतले बढेर २९ खर्ब १० अर्ब १७ करोड पुगेको छ। सरकारको कुल लगानी ५.८६ प्रतिशतले
बढेर सात खर्ब ३ अर्ब ९३ करोड पुगेको छ। यसमध्ये सेयर लगानी ३ खर्ब ६४ अर्ब रूपैयाँ र ऋण लगानी ३ खर्ब ३९ अर्ब हो।
संस्थानहरूको आम्दानी ०.२२ प्रतिशतले कम भएर ६ खर्ब ६० अर्ब रूपैयाँ हो।