कानुनी बाध्यताअनुसार देशका सातवटा प्रदेशले नै असार १ गते मध्यरातसम्म लगाएर भए पनि आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्रदेश सरकारले असार १ गतेभित्रै बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ।
सातवटा प्रदेश सरकारले आगामी वर्षको बजेटमा यो वर्षको भन्दा करिब ८ अर्ब ५९ करोड रूपैयाँले बढाएर २ खर्ब ८७ अर्ब बढी पुर्याएका छन्। गण्डकी र लुम्बिनी प्रदेशले बजेटको आकार चालु वर्षको तुलनामा घटाएका छन् भने अन्य सबैले बढाएका छन्।
कोशी प्रदेश बाहेकका सबै प्रदेशले विकास निर्माण केन्द्रित (पुँजीगत ) खर्चको लागि बढी बजेट विनियोजन गरेका छन्।
सात प्रदेश सरकारले ल्याएको जम्मा बजेटको ५९ प्रतिशत अर्थात १ खर्ब ७१ अर्ब बजेट पुँजीगत छ।
बजेटको स्रोतमा अधिकतम आन्तरिक राजस्व उठ्ने आकलन राखेर पनि नपुगेको रकम ऋण उठाउने उल्लेख गरिएको छ।
प्रदेशले प्रस्तुत गरेको बजेटमा कतिपय नयाँ कार्यक्रम र धेरैजसो अघिल्ला कार्यक्रमको निरन्तरतासहित आगामी वर्षको बजेट प्रस्तुत गरिएको हो। कुन प्रदेशले कति रकमको बजेट ल्यायो? स्रोत के–के छन्? खर्च संरचना र प्राथमिकता के–के छन्?
कोशी प्रदेश
प्रस्तुतकर्ता: आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगर
- बजेट आकार: ३५ अर्ब ८७ करोड १९ लाख
- चालु वर्षको भन्दा ६१ करोड रूपैयाँ धेरै।
खर्च विवरण:
- चालु खर्च: १८ अर्ब ६७ करोड
- पुँजीगत खर्च: १७ अर्ब १० करोड
- वित्तीय व्यवस्था : १० करोड
आयको स्रोत
- संघीय सरकारको अनुदान: १४ अर्ब ५० करोड
- राजस्व बाँडफाँट: १२ अर्ब ३९ करोड
- आन्तरिक राजस्व: ५ अर्ब ५० करोड
- रोयल्टी : ३५ करोड
- चालु वर्षको बचत : ३ अर्ब १३ करोड
मुख्य विशेषता:
- स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड विनियोजन
- ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियान सञ्चालन
- कृषि तथा उद्योगका लागि २ अर्ब १८ करोड बजेट
- कृषक कर्जामा ब्याज अनुदानका लागि १४ करोड बजेट, घिउ निर्यातमा प्रतिकेजी १२० रूपैयाँ अनुदान
- पर्यटन वर्ष २०८२ का लागि १० करोड बजेट
- घुन्सा खोला र आमादब्लम जलविद्युत् आयोजनामा १० करोड रुपैयाँ बजेट चतरादेखि चौरीखर्कसम्मको रेलमार्ग सम्भाव्यता अध्ययन गरिने।
- पढ्दै–कमाउँदै कार्यक्रम
मधेस प्रदेश
- प्रस्तुतकर्ता: अर्थमन्त्री सुनीलकुमार यादव
- बजेट आकार: ४६ अर्ब ९८ करोड २९ लाख ५१ हजार
- चालु वर्षको भन्दा २ अर्ब ६९ करोड रूपैयाँले धेरै
खर्च विवरण:
- चालु खर्च: १६ अर्ब ७२ करोड ५ लाख
- पुँजीगत खर्च: ३० अर्ब २६ करोड
आयको स्रोत
- आन्तरिक राजस्व: नौ अर्ब ५० करोड
- संघीय सरकारबाट अनुदान: १२ अर्ब ७३ करोड
- राजस्व बाँडफाँट १२ अर्ब ३५ करोड
- चालु वर्षमा खर्च नभएर बच्ने : १० अर्ब ३८ करोड
- ऋण : दुई अर्ब
विशेषता तथा कार्यक्रम
- ‘माटोको स्वास्थ्य सुधार’ अभियानलाई निरन्तरता
- कृषिमा यान्त्रिकीकरण र विषादी न्यूनीकरण कार्यक्रम
- कृषक पाठशाला सञ्चालन कार्यक्रम
- सहिद परिवार लक्षित अनुदान कार्यक्रम
- विदेशमा मृत्यु भएका श्रमिकको शव घर पुर्याउन निःशुल्क व्यवस्था
- ‘एक निर्वाचन क्षेत्र, पाँच किलोमिटर नयाँ कालोपत्रे सडक’ योजना
- स्वयंसेवक शिक्षक कार्यक्रम
बागमती प्रदेश
- प्रस्तुतकर्ता: अर्थमन्त्री कुन्दनराज काफ्ले
- बजेटको आकार : ६७ अर्ब ४७ करोड बजेट
- चालु वर्षको तुलनामा २ अर्ब ९२ करोड रूपैयाँले धेरै
खर्च विवरण:
- चालु खर्च: २६ अर्ब ४ करोड
- पुँजीगत खर्च: ४१ अर्ब ४३ करोड
आयको स्रोत
- आन्तरिक तथा बाँडफाँबाट आउने राजस्व : ३५ अर्ब ६६ करोड
- वित्तीय हस्तान्तरणबाट अनुदान: १४ अर्ब ८१ करोड
- बचत बजेट तथा अन्य प्राप्ती : १६ अर्ब ९८ करोड
विशेषता तथा मुख्य कार्यक्रम
- नगदरहित सार्वजनिक यातायात प्रणाली कार्यक्रम
- एक वडा, एक उद्यम कार्यक्रम अन्तर्गत १३ जिल्लाका १३ वडा उद्यम प्रवर्द्धन
- धादिङमा आधुनिक बधशाला निर्माणमा ६ करोड बजेट
- चार वटा स्मार्ट कृषि फाम सञ्चालन गर्न ६ करोड बजेट
- भरतपुर क्रिकेट रंगशालामा ९ करोड बजेट
- दोलखाको डाङडुङ डाँडामा फिल्म सिटी निर्माण
- विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना र सञ्चालन गर्न ९ करोड
गण्डकी प्रदेश
- प्रस्तुतकर्ता: अर्थमन्त्री डा. टकराज गुरुङ
- बजेट आकार: ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार
- चालु वर्षको तुलनामा १ अर्ब रूपैयाँ कम
खर्च विवरण:
- चालु खर्च: १२ अर्ब ६३ करोड ६६ लाख
- पुँजीगत खर्च: १९ अर्ब ९ करोड ३३ लाख
- वित्तीय व्यवस्थापन/हस्तान्तरण: २५ करोड
आयको स्रोत
- संघीय सरकारबाट अनुदान: ४ अर्ब ४९ करोड
- राजस्व बाँडफाँट: ९ अर्ब ७९ करोड २९ लाख
- रोयल्टी बाँडफाँट: ४९ करोड ८९ लाख
- आन्तरिक राजस्व: ५ अर्ब ४५ करोड ८४ लाख
- बचत/अन्य: २ अर्ब २४ करोड बचत, १ अर्ब ७५ करोड आन्तरिक ऋण
विशेषता तथा मुख्य कार्यक्रम
- भौतिक पूर्वाधार मन्त्रालयलाई सबैभन्दा धेरै ११ अर्ब ९७ करोड
- स्वास्थ्य, पर्यटन, खानेपानीलगायतमा उच्च प्राथमिकता
- एक घर एक धारा आयोजनामा ६० करोड छुट्याइएको
- १५ हजार घरमा निजी धारा जडान लक्ष्य
- अधुरा योजना सम्पन्न गर्नेमा जोड
- पहिले घरदेश अनि प्रदेश कार्यक्रम
लुम्बिनी प्रदेश
- प्रस्तुतकर्ता: आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की
- बजेट आकार: ३८ अर्ब ९१ करोड
- चालु वर्षको भन्दा ६ करोड रूपैयाँले कम
खर्च विवरण:
- चालु खर्च: १२ अर्ब १ करोड ४७ लाख
- पुँजीगत खर्च: २३ अर्ब ४७ करोड १४ लाख
- वित्तीय हस्तान्तरण: ३ अर्ब ४२ करोड ३७ लाख
आयको स्रोत
- आन्तरिक राजस्व : ७ अर्ब ७८ करोड
- राजस्व बाँडफाटबाट : ११ अर्ब ८६ करोड
- संघीय सरकारबाट आउने रोयल्टी : ८ अर्ब ४४ करोड
- संघीय सरकारबाट आउने अनुदान : १४ अर्ब
- चालु वर्षको नगद मौजदारत : ३ अर्ब
मुख्य प्राथमकिता कृषि
- १५०० किसानलाई घरमै सेवा, १ करोड १७ लाख छुट्याइएको
- तोरी, धान प्रवर्द्धनका लागि बजेट
- पूर्ण प्राङ्गारिक कृषि प्रणाली विकासको दीर्घ लक्ष्य
- किसान अनुदान, सिँचाइ, भूमि सुधार प्राथमिकतामा
- हुलाकी मार्गमा लक्षित भैंसीपालन कार्यक्रम
- ‘महिनाको एक दिन श्रमदान’ अभियान
कर्णाली
- प्रस्तुतकर्ता: आर्थिक मामिला मन्त्री राजीवबिक्रम शाही
- बजेट आकार: ३२ अर्ब ९९ करोड
- चालु वर्षको भन्दा एक अर्ब ५८ करोड रूपैयाँले धेरै
खर्च विवरण:
- चालु खर्च: ७ अर्ब ७९ करोड
- पुँजीगत खर्च: १९ अर्ब अर्ब ९८ करोड
- वित्तीय हस्तान्तरण तथा वित्तीय व्यवस्ता : ५ अर्ब २० करोड
आयको स्रोत
- आन्तरिक राजस्व : ९६ करोड
- राजस्व बाँडफाटबाट : १० अर्ब २७ करोड
- संघीय सरकारबाट आउने अनुदान : १६ अर्ब २ करोड
- चालु वर्षको नगद मौजदात : ३ अर्ब
- बचत र वैदेशिक सहायता : ७ अर्ब ५६ करोड
मुख्य प्राथमिकता तथा विशेषता
- स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धनका लागि ६ करोड।
- रैथाने उत्पादन, उद्यम र कोसेली घरजस्ता कार्यक्रम
- स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रम
- रोजगारी अभिवृद्धि तथा उद्यमशिलता प्रवर्द्धन कार्यक्रम
सुदूरपश्चिम
- प्रस्तुतकर्ता: आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा
- बजेट आकार: ३३ अर्ब ४७ करोड
- चालु वर्षको भन्दा एक अर्ब ८५ करोड रूपैयाँले धेरै
खर्च विवरण:
- चालु खर्च: १० अर्ब २० करोड
- पुँजीगत खर्च: १९ अर्ब ८३ करोड
- वित्तीय हस्तान्तरण तथा वित्तीय व्यवस्ता : ३ अर्ब ४३ करोड
आयको स्रोत
- आन्तरिक राजस्व : १ अर्ब ६५ करोड
- राजस्व बाँडफाटबाट : ९ अर्ब ८७ करोड
- संघीय सरकारबाट आउने अनुदान : १४ अर्ब १९ करोड
- रोयल्टी: ८ करोड
- बचत: ७ अर्ब ६६ करोड
मुख्य प्राथमिकता तथा विशेषता
- एक जिल्ला, एक उद्योग’ कार्यक्रम
- पर्यटन क्षेत्रका केवलकार सम्भाव्यता अध्ययन
- दुर्गम सडकहरू (बझाङ, बैतडी, दार्चुला) लाई प्राथमिकता
- ‘एक जिल्ला, एक क्रिकेट मैदान’ योजना
- बिजनेस इन्क्युबेसन सेन्टर सञ्चालन गरिने।