संघीय सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत आगामी आर्थिक वर्षमा एक खर्ब ५१ अर्ब रूपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको छ। जसमध्ये चालु खर्च ७ अर्ब रूपैयाँ र पुँजीगत खर्च एक खर्ब ४४ अर्ब रूपैयाँ रहेको छ।
सरकारले आगामी वर्ष खर्च गर्ने कुल पुँजीगत खर्चमध्ये ३५ प्रतिशत रकम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत खर्च हुने गरी व्यवस्था गरिएको छ। कुल ४ खर्ब ७ अर्ब रूपैयाँको पुँजीगत खर्च छुट्याइएको हो।
यति धेरै पुँजीगत खर्चको जिम्मेवारी पाएको मन्त्रालयले करोडौँ लागत पर्ने पुलहरूका लागि एक लाखदेखि पाँच लाख रूपैयाँ मात्र बजेट छुट्याएको छ। प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा पर्ने दर्जनौँ पुल संघीय सरकारले निर्माण गर्ने भनेको छ, तर त्यसमध्ये कयौँ आयोजना दामासाही रकममै सीमित छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले 'स्थानीय सडक पुल' निर्माणका लागि ३१ वटा पुलमा एक/एक लाख रूपैयाँ बजेट छुट्याएको छ। त्यसैगरी स्थानीय सडक पुल शीर्षकमा ९४ वटा पुलका लागि पाँच लाख रूपैयाँको दरले बजेट छुट्याइएको छ।
यस्तै 'रणनीतिक सडक पुल निर्माण तथा पुल/एप्रोच/संकेत संरक्षण' शीर्षकमा ११९ वटा पुललाई पनि पाँच लाख रूपैयाँको दरले बजेट छुट्याइएको छ। यसको अर्थ २१३ पुललाई दामासाहीले ५/५ लाख बजेट राखिएको छ।
लामो समयदेखि सडक तथा पुल निर्माणमा संलग्न शर्मा एण्ड शर्मा कम्पनीका सञ्चालक रमेश शर्माले यस्तो रकमले कुनै पनि काम गर्न सम्भव नहुने बताउँछन्।
उनका अनुसार, 'औसत रूपमा एउटा पुलको अध्ययन मात्रै गर्न २५ देखि ३० लाख रूपैयाँ लाग्छ। कम्तीमा एक मिटर लामो पुल बनाउन १५ लाख खर्च हुन्छ। एउटा पुल न्यूनतम २० मिटर लामो हुन्छ, त्यसको अर्थ कम्तीमा ३ करोड रूपैयाँ लागत लाग्छ।' औसतमा धेरै पुलको लागत ५ करोड रूपैयाँ पर्छ।
एक लाख रूपैयाँको दरले बजेट राखिएका स्थानीय सडक पुलहरू:
- कल्भर्ट सुखानी, बुढी सुखानी, लोदिया, च्यामे — इलाम
- दूधकोशी नदि मोटरेबल पुल — सोलुखुम्बु
- अमसिता खोला पुल — सप्तरी
- बेलौती नदी पुल, जमुनी नदी पुल थल्लीघाट — धनुषा
- ढाँडे खोला पुल सङ्लुङ्गेश्वरी, झाँक्री खोला पुल जिरी–सिक्री हावा सहरी सडक, फुलफिङ खोला पुल जिरी–सिक्री हावा सहरी सडक, घट्टे खोला पुल मार्बु–चङ्खु, चरंगे पुल नयाँ पुल — दोलखा
- घट्टे खोला पुल — रसुवा–नुवाकोट
- गोदावरी खोला पुल हरिसिद्धि, गोदावरी पुलको एप्रोच सडक लुबु — ललितपुर
- धोबीखोला पुल देवीनगर–मैतेदेवी, महादेव खोला पुल मितेरी मार्ग, विष्णुमती एक्स्टेन्सन सडक टेकु–दक्षिण कालीमाटी — काठमाडौं
- सेती नदी पुल बगर–फूलबारी — पोखरा १–११, कास्की
- कालीगण्डकी सुन्धारा रकुवा, तनहुँ–नवलपरासी जोड्ने पुल, तनहुँ–पाल्पा
- बडीघाट पुल खैरेनी–बोटेगाउँ,
- भालुखा मोटरेबल पुल हस्तीचौर ८ गुल्मी
- पनाहा पुल — गुल्मी
- डाप्रमाझी दमार पुल — अर्घाखाँची
- झिमरुक नदी पुल डाखा वारी–खैरा, झिमरुक खोला पुल कैरन–सारङबोसी–बरौला — प्युठान
- तिनाउ नदी पक्की पुल बुटवल वडा १७ हरिहरपुर–डिङ्गर नगर–तिलोत्तमा — रूपन्देही
- शान्तिपुर राप्ती नदी पुल — अर्घाखाँची
- बबै नदी मोटर पुल घुइयाँवारी–काप्राचौर — सल्यान
- गुहार खोला पुल मलवार–घर गरुवा — दाङ
- कर्णाली नदी पुल — राकम कर्णाली, दैलेख
- बेस्ताडा कच्ची सडक पुल — भगवतीमाई गाउँपालिका, दैलेख
- सिरेनी खोला पुल — भेरीगङ्गा ५, सुर्खेत
पाँच लाख रूपैयाँको दरले बजेट राखिएका स्थानीय सडक पुलहरू:
- मर्मत/सम्भार अन्तर्गत इलाम, संखुवासभा, धनकुटा, झापा, उदयपुर, मोरङ, सिराहा, धनुषा, दोलखा, नुवाकोट, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, तनहुँ, कास्की, बाग्लुङ, कपिलवस्तु, पाल्पा, प्यूठान, दाङ, बाँके, रुकुम (पश्चिम), जुम्ला, डोटी, अछाम, बैतडी, कञ्चनपुर जिल्लामा ५ लाख रूपैयाँको दरले बजेट राखिएको छ।
पूर्वी पहाडी तथा तराईमा
- फेमेखोला पुल फिदिम–रानिटार–लङ्गरूपा — पाँचथर
- माईखोला पुल दुधाङ — इलाम
- बर्खुघाट दूधकोशी मोटरेबल पुल — सोलुखुम्बु
- दूधकोशी नदी पुल जुमिङघाट सडक — सोलुखुम्बु
- फाट्ने खोला पुल रुम्जाटार–ठाट्ने–खानीभन्ज्याङ–कुइभी — ओखलढुंगा
- सुनसरी/मोरङ/उदयपुर क्षेत्र
- संघीय खोला पुल विराटनगर १ बेलगाछी
- ज्वालाखोला पुल
- अल्टाई होली पुल लारीकट्टा
- दत्तकिच्चा खोला पुल डुम्राहा ६
- मल्टीसेल आरसीसी पुल गोविन्दपुर ७
- आरसीसी पुल फुर्पीघाट
- लाहेन्द्रा खोला पुल लाहेन्द्रघाट
- लाइन/खुला पुल कदमहा
- टेङ्ग्रा खोला पुल इटहरी–पशुपति चोक–रेडक्रस
- जडी खोला पुल थलाहा सन्ताल टोल
- जोडि पुल कटारी बजार
- याङथुङ–हसिना सिमसार जाने पुल
- भोथीगंज जोडि पुल
- सिङ्गिया पुल तेतरिया–दुहबी–मतिपुर
- ट्रेंग्रा खोलामा कल्भर्ट
- सिमरिया–तुनामुनामा–चिताहा संगम पुल
- इनरूवा–दुहबी–भद्रपुर–हात्तीमुढा सिंगिया खोला पुल
- थलाहा नदी पुल चाँदबेला
- बुढी खोला पुल पिपरिया घाट
- थलाहा खोला पुल चाँदबेला
- थरुन खोला पुल बबिया–सत्यझोडा
- सिंघिया नदी पुल (खादम)
- धधरा पुल शिश्वानी जहदा
सप्तरी, सिराहा, महोत्तरी, धनुषा, रौतहटमा
- दुधेला खोला पुल
- भवारा नदी पुल सम्भुनाथ वडा नम्बर ९
- देब्धार पुल सम्भुनाथ वडा नम्बर ११
- दुधैला खोला पुल रूपनी वडा नम्बर ६
- खुटी खोला पुल लहान वडा नम्बर १०
- सुन्दरी खोला पुल
- काली खोला पुल फत्तेपुर–बेलटार
- सिसुवारी खोला पुल त्रियुगा
- पात्लेबास–रानीचौर पुल
- कोसोभा खोला पुल मैनामैनी–वाघदाखा
- घोडदह नदी पुल सखडा–फकिरा
- मुतनी नदी पुल फकहा–बरदही
- सुमरी खोला पुल
- बडहरा–मैनाकडेरी
- भलुवाही पुल लालपट्टी–बुटनपोखरी–विसहरिया
- मुतनी खोला पुल कनकट्टा ९–बेल्हा ५
- घोडदह खोला पुल राजविराज–बेल्हा
- महुली खोला पुल बरमझिया
- खिरखौंका नदी पुल
- बलवा नदी पुल खरिहनी–गरूवारी–भतही
- बुढो खोल्सी पुल खरमारा
- दूधमती पुल बसैया–डेकवा
- जमुनी नदी पुल मुखियापट्टी–सोहरघाट
- अंकुसी खोला पुल
- बिगी नदी पुल मुखियापट्टी मसुरनिया
- गजुरा खोला पुल बालचनपुर–कोल्पी
नुवाकोट र काठमाडौं उपत्यका
- आंखु नदी पुल खहरे
- कोल्पु खोला पुल कमारी–जिवनपुर
- तादी नदी पुल सिन्दुरे–तादी संगम
- कोट्क खोला पुल बालकमारी–बालकोट — ललितपुर
.अन्य पहाडी तथा पश्चिम क्षेत्र
- त्रिशूली नदी पुल घुमाउनेघाट — चितवन–तनहुँ
- दरौ खोला पुल मल्म–काडेबास — बाग्लुङ
- कालीगण्डकी पुल पुर्तिघाट — गुल्मी–पर्वत
पाँच लाख रूपैयाँका दरले बजेट विनियोजन गरिएका रणनीतिक पुलहरू:
- सानो माई–२ इलाम, माएपोखरी–सन्दकपुर
- भण्टाबारी पुल, म.रा.म., सुनसरी
- सेउती खोला, कोशी राजमार्ग, सुनसरी
- महुली–घाडन (खाडो खोला), रुपनी–कनौली, सप्तरी
- हडिया खोला, मरिचया कटारी–सल्लेरी, उदयपुर
- रातो नदी, जनकपुर–कुर्था–सम्सी, महोत्तरी
- ढोली खोला, तामाकोशी मिल्ती, चरिकोट, दोलखा
- त्रिशूली ३ ए ड्याम-२, गल्छी–त्रिशूली–स्याफ्रुबेसी, नुवाकोट
- हनुमन्ते खोला, अरनिको राजमार्ग, भक्तपुर
- पुण्यमाता खोला, अरनिको राजमार्ग, काभ्रे
- बोक्सी खोला, बेनी–जोमसोम, बाग्लुङ
- झाझ नी, गौर–समनपुर–पिपरा–नुनथर, रौतहट
- रानीघाट नदी, राम्दी–रानीमहल, पाल्पा
- लाम्दी नदी, राम्दी–रानीमहल, पाल्पा
- लौवाखोला, जैदी गा.वि.स., बाग्लुङ
- तावा खोला, ओलाङचुङगोला, ताप्लेजुङ
- थिवा खोला, दोभान–ओलाङचुङगोला, ताप्लेजुङ
- भेरी नदी, रानीघाट, सुर्खेत
- पुल ३, बौनिया–साँफेबगर, कैलाली (चैनेज २००७+७३०)
- थापा खोला, टुकुचे–बेनी–जोमसोम, मुस्ताङ
- तमोर नदी, रानीपुल (फक्ताङ गा.पा. ५/६), ताप्लेजुङ
- सिसौवा खोला, तापेथोक, ताप्लेजुङ
- सिस्ने खोला, फुङलिङ न.पा., ताप्लेजुङ
- सोबुवा खोला, आठराई त्रिवेणी गा.पा. २/३, ताप्लेजुङ
- छाँगा खोला, चतरा–मुलघाट–ओलाङचुङगोला, ताप्लेजुङ
- कस्तुरी खोला, चतरा–ओलाङचुङगोला, ताप्लेजुङ
- फेदी खोला, चतरा–ओलाङचुङगोला, ताप्लेजुङ
- तमोर नदी (सुकेपानी), चतरा–ओलाङचुङगोला, ताप्लेजुङ
- कुथली खोला, दोलखा–सिंगटी
- जिरी खोला १/२/३, लामोसाँगु–जिरी
- रूमैली खोला, चैनपुर–ताक्लाकोट, बझाङ
- रातापानी, तलकोट–३, बझाङ
- लामागाड, तलकोट–३, बझाङ
- चाँठेखोला, खोड्पे–बझाङ
- राम मन्दिर खोला, गल्छी–स्याफ्रुबेसी, नुवाकोट
- दम्कि, मैथली, अधेरी, त्रिशूली ३ ए ड्याम-१, छड्के, गुम्चेत १, सोले खोला, नुवाकोट
- बल्लेगडा नदी, धनगढी–दिपायल
- पुल १३ (सेती), डोटी
- पुल १४ (सेती), अछाम
- खोरला खोला, बेनिघाट–लार्के भञ्ज्याङ, गोरखा
- लेदे खोला, तमोर कोरिडोर
- जरीमघाट, गुणडाडी, सानीगाड, सेरागाड, बिछन्द, हानीगाड, तेखोली, धनगढी–दिपायल, डोटी
- सायलीगाड मोटरेबल, सायल गा.पा. २/४, डोटी
- बागमती पुल, प्रसुति गृह–ज्वागल, काठमाडौं
- रहगाड, थिनी, कुन्दा, चुली गाड, पैमा, गल्फा गाड, कर्णाली कोरिडोर
- हर्चना, विर्तामोड–चन्द्रगढी, झापा
- दिपेनी, दमक चक्रपथ, झापा
- खुदी खोला, मर्स्याङ्दी–डुम्रे–चामे, लमजुङ
- बागमती, युएन पार्कको साबिक पुल, काठमाडौं/ललितपुर
- नखुबा, मुगा, अरुण कोरिडोर, धनकुटा
- रंगुन खोला, भीमदत्त न.पा. ६/५, कञ्चनपुर
- भिमरी गाड, भीमदत्त न.पा. ९, कञ्चनपुर
- कामीकाटे खोला, भीमदत्त न.पा. ९, कञ्चनपुर
- चौ खोला, मान्म–जुम्ला
- लार्चा खोला, अरनिको राजमार्ग, सिन्धुपाल्चोक
- माछी–कोरौजा, बुढीगण्डकी, गोरखा
- सुन्द्री खोला, लालगढ–जमुनिवास
- हडिया खोला, मेची राजमार्ग, झापा
- कुइरेपानी बबई, लमही–मुसिकोट, दाङ
- बबई नदी, अमेलिया–मुसिकोट, दाङ
- शारदा नदी, अमेलिया–मसिकोट, दाङ
- खहरे खोला, पोखरा–जोमसोम, मुस्ताङ
- घनी, चटांग, चराङ, मार्किनदुङ्ग, छुसाङ खोला, बेनी–कोरला, मुस्ताङ
- राहुघाट, गलेश्वर, म्याग्दी
- कालीगण्डकी (सांग), कालीगण्डकी (कागबेनी), बेनी–कोरला, मुस्ताङ
- पान्ता–लुप्रा, बेनी–कोरला, मुस्ताङ
- कालीमारे, अमलाचौर, बाग्लुङ
- पाती खोला, गुल्मी
- बबई, जब्दिघाट–गुलरिया, बर्दिया
- जेठि नाला, नेपालगञ्ज–गुलरिया, बाँके
- भादा, मान, बाँके
- खदंग, भेरी कोरिडोर, डोल्पा
- टाकुल्ला, कर्णाली राजमार्ग, जुम्ला
- सिम्ले, कालीकोट–जुम्ला
- खुलालु लैफु, कर्णाली पुल, सुर्खेत–जुम्ला
- खल्ला, काले खोला, जुम्ला
- खुलालु कर्णाली नदी, सानिदो गाड, खुवादी खोला, कर्णाली कोरिडोर, हुम्ला
- सन्जा खोला, कर्णाली राजमार्ग, कालीकोट–जुम्ला
- ऐराडी, पौवागढी–जडार, बझाङ
- खप्पा खोला, बुडर–जोगबुढा, डडेल्धुरा
- लुङग्रेली गाड, जरुकी, सेती लोकमार्ग, अछाम
- श्रीबगर निजाङ्ग, बैतडी–दार्चुला
- सुनी खोला, मोहना–धनगढी–अत्तरिया, कैलाली
यी पुलहरू कुन अवस्थाका हुन् भन्ने विषय खुलाइएको छैन। सडक विभागका अधिकारीहरू केही रुग्ण रहेका र केही विगतमा टेन्डर अघि बढाइएका पुलहरू भएको दाबी गर्छन्। त्यस्तै केही पुल भने अध्ययनको लागि पनि राखिएको हुन सक्ने उनीहरूको दाबी छ।
त्यस्तै, विगतमा ठेक्का प्रक्रिया अघि बढाएको पुलको निर्माण सम्पन्न गर्नका लागि पनि यो बजेट पर्याप्त नहुने निर्माण व्यवसायीको तर्क छ।
'५ करोड लागत भएका पुलको एक लाख वा ५ लाख रूपैयाँ मात्रै भुक्तानी रहेको हुँदैन। यो त केबल ती पुल सक्रिय छन् है भन्ने सन्देश मात्रै दिएको हो,' निर्माण व्यवसायी रमेश शर्माले भने।
पछिल्लो वर्षहरूमा पर्याप्त बजेट नराखिएकै कारण धेरै आयोजना समयमा नसकिने गरेको उनको गुनासो छ।
सडक विभागका अधिकारी पनि यही बताउँछन्।
'चाहेजति बजेट पाउँदैन। आयोजना निरन्तरता दिने दबाब हुन्छ,' सडक विभागका ती अधिकारीले भने, 'हामीलाई थाहा छ, बजेट राखिएका ती पुल आगामी वर्ष निर्माण गर्न सकिने होइनन्। आयोजना बचाइराख्नका लागि निश्चित रकम राख्नुपर्ने भएको कारण सूचीमा कार्यक्रम राखिएको हो।'
उनले एक लाख बजेट राखिएका अधिकांश पुल रुग्ण पुलका लागि भएको बताए। 'आयोजना रुग्ण छ। हामीले खारेज गर्न सकेका छैनौं, त्यसै कारण थोरै बजेट राखिएको हो,' उनले भने।
त्यस्तै, ५ लाख रूपैयाँका दरले बजेट राखिएका मध्ये २५ प्रतिशत पुलहरू भुक्तानीको कारणले नै रोकिएको उनीहरूको तर्क छ।
'केही त्यस्ता पुल छन्, जसको रकमान्त स्वीकृत भए यो वर्ष नै निर्माण सम्पन्न हुनेछन्। तर रकमान्तर नभएमा आगामी वर्ष भुक्तानी गर्नुपर्छ भनेर राखिएको हो,' उनले भने, 'बजेट ५ लाख रूपैयाँ राखिए पनि तीर्न बाँकी रहेको त्यति मात्रै हो भन्ने होइन, रकमान्तर गर्ने शीर्षक कायम राखिएको हो।'
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव अर्जुनजंग थापाले बजेट छर्ने प्रवृत्ति र शक्तिको दुरूपयोग गर्ने चलनकै कारण आयोजना पनि नबन्ने र बजेट पनि सकिने अवस्था देखिएको बताए।
'एकै पटक धेरै आयोजना अघि बढाएर बजेट छर्ने, दुई वर्षमा सकिने कामको लागि १० वर्ष लगाएपछि बजेट पनि सकिने, आयोजना पनि नबन्ने दुष्चक्रमा पूर्वाधार विकास फसेको छ,' उनले भने।
संघीय सरकारले रणनीतिक सडक तथा राष्ट्रिय राजमार्गलाई प्राथमिकता दिनुपर्ने भए पनि स्थानीय तहका सडक–पुलमै केन्द्रित हुनु संविधानको भावना विपरीत भएको उनले बताए।
भौतिक पूर्वाधार मन्त्रालयले २०७९ सालमै स्थानीय सडक–पुल संघीय सरकारबाट नबनाउने प्रतिबद्धता गरेको थियो। यद्यपि, हरेक वर्ष यस्तै खुद्रे आयोजनाका लागि संघीय सरकारले बजेट बढाउँदै गएको छ।
यी पनि
सडक बनाउन उद्योग मन्त्रालयबाट बजेट, मन्त्रीको जिल्लामा २१ करोडका आयोजना
गणेशमान सिंहको नाममा सहरी विकास मन्त्रालयको ७८ करोड बजेट, देशभर ४५ योजना
बजेटमा फेरि पनि टुक्रे योजना, लागू भएन तीन करोडको सीमा