क्यानडालाई नेपाली कामदारको माग गर्न बैदेशिक रोजगार व्यवसायी संघले आग्रह गरेको छ।
अमेरिकाको वासिङटन डिसीमा १ सय ३० देशका सहभागी भएको मैत्रीपुर्ण छलफलमा संघका अध्यक्ष रोहन गुरुङले खाडी मुलुकहरुमा नेपाली कामदारहरुको माग भइरहेको र त्यसलाई क्यानडामा पनि भित्र्याउनका आग्रह गरेका हुन् ।
क्यानडाका सांसद बब जिम्मर लगायतका उच्च अधिकारीहरुसँग भएको छलफलमा क्यानडा यस विषयमा सकरात्मक देखिएको गुरुङले बताए।
क्यानडामा नेपालीलाई रोजगारी दिलाउन नेपाल वैदेशिक ब्यवसायी संघ र श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधिसँग छलफल गर्ने आश्वासन क्यानडाले दिएको छ।
सरकारले नयाँ श्रम गन्तब्य खोज्न नसकिरहेका बेला अाफुले नयाँ श्रम गन्तब्यका लागि पहल गरेको गुरुङले बताए।
यसैबीच संघका अध्यक्ष रोहन गुरुङले इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन आइओमएम वासिंङटनका पार्टनर अफिसर युको हमादासँग भेट गरेका छन् ।
भेटका क्रममा उनले भारत, वंगलादेश, पाकिस्तान, श्रीलंकाका दक्षिण एसियाबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरुको न्युनतम पारिश्रमिक र रिक्रेटिङ शुल्क फरक भएको कारण नेपालीको रोजगारी गुम्दै गएको विषयबारे ध्यानाकर्षण गराएका छन् ।
वार्षिक करिब ७ खर्ब रकम रेमिटेन्समार्फत नेपाल भित्रिएको छ।
वार्षिक करिब ५ लाख बेरोजगार यूबा हरुलाई रोजगारी दिलाउँदै आएको कारणले वैदेशिक रोजगार ब्यावसायी हरुको छाता संगठन नेपाल बैदेशिक रोजगार ब्यावसायी संघका अध्यक्ष गुरुङ अमेरिकी राष्ट्रपति तथा सिनेटरहरुले वासिंङटनमा आयोजना गरेको मैत्रीपूर्ण कार्यक्रममा सहभागी भएका छन ।
कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरेका थिए।