चाइनिज मोबाइल ब्राण्ड रियलमी करिब ९ महिनादेखि नेपाली बजारमा छ। यस अवधिमा रियलमीले ५ मोडलका फोन बजारमा ल्याएको छ।
ती सीवान, टुप्रो, सीटु, रियलमी थ्री र रियलमी ५ हुन्। यी मध्ये सीवान र टुप्रो बजारमा आउन छाडेको रियलमीका पिआर म्यानेजर डार्बिन सुवालले जानकारी दिए।
उनका अनुसार अब ग्राहकले सीटु, रियलमी थ्री र रियलमी ५ मोडलका फोन बजारमा किन्न पाउँनेछन्। यसका फोनमा नवनिर्मित प्रविधिको प्रयोग गरिएको छ।
रियलमीले आफ्ना स्मार्टफोन जुनसुकै वर्गमा पुर्याउने उद्देश्यले थोरै मूल्यमा फ्ल्यागसिप फिचर्स दिएको छ।
अन्य कम्पनीका स्मार्टफोनमा जस्तै रियलमीका फोनमा पनि ठूला डिस्प्ले जडान गरिएको छ। मेमोरी क्षमता र ब्याट्री पावर राम्रो भएकाले प्रयोगकर्ता रियलमी फोनमा आकर्षित देखिन्छन्। यसका फोन तुलनात्मक रूपमा सस्तो पनि छ।
यस्ता फिचर्सले गर्दा रियलमीले विस्तारै बजार लिइरहेको मोबाइल व्यवसायीहरू बताउँछन्।
रियलमीका फोन १३ हजार ९ सय ९९ देखि २३ हजार ९ सय ९९ सम्मका छन्। रियलमी भारतमा पनि अत्यधिक रूचाइएको स्मार्टफोन हाे।
बजारमा उपलब्ध रियलमी स्मार्टफोनको फिचर्स यस्ता छन्ः
सीटु
|
डिस्प्ले
|
६.१० इञ्च डिस्प्ले, कर्निङ गोेरिल्ला ग्लास
|
चिप्सेट
|
मिडिया टेक हेलो पि२२० अक्टाकोर प्रोसेसर
|
र्याम/रोम
|
२ जिबी र्याम÷ १६ जिबी रोम २जिबी र्याम÷३२ जिबी रोम
|
क्यामेरा
|
१३ प्लस २ मेगापिक्सेल डुअल ब्याक क्यामेरा , ५ मेगापि
|
ब्याट्री
|
४ हजार एमएएच
|
मूल्य
|
१३ हजार ८ सय र १३ हजार ९ सय ९९
|

रियलमी थ्री
|
डिस्प्ले
|
६.२२ इञ्च डिस्प्ले, कर्निङ गोेरिल्ला ग्लास
|
चिप्सेट
|
मिडिया टेक हेलो पि६० अक्टाकोर प्रोसेसर
|
र्याम/रोम
|
३ जिबी र्याम ३२ जिबी रोम र ४जिबी र्याम ६४ जिबी रोम
|
क्यामेरा
|
१३ प्लस २ मेगापिक्सेल डुअल एआई ब्याक क्यामेरा, १३ मेगापिक्सेलको सेल्फी क्यामेरा
|
ब्याट्री
|
४२ सय ३० एमएएच
|
मूल्य
|
१९ हजार २ सय ९० र २३ हजार ९०
|

रियलमी फाइफ
|
डिस्प्ले
|
६.५ इञ्च डिस्प्ले, कर्निङ गोरिल्ला ग्लास
|
चिप्सेट
|
क्वालकोम स्न्यापड्रयागन ११न्यानोमिटर, अक्टाकोर प्रोसेसर
|
र्याम/रोम
|
३ जिबी र्याम/६४ जिबी रोम र ४ जिबी र्याम/१२८ जिबी रोम
|
क्यामेरा
|
१२/८/२/२ अल्टावाइड एङ्गल ब्याक क्यामेरा
१३ मेगामिक्सेल सेल्फी क्यामेरा
|
ब्याट्री
|
५ हजार एमएएच
|
मूल्य
|
२० हजार ९ सय ९० र २३ हजार ९ सय ९०
|