इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बनेको छ।
भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने यो प्रतियोगिता आगामी भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा हुनेछ।
भायानेटले कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सरसीपलाई कर्पोरेट क्षेत्रसँगको सम्बन्ध अझ घनिष्ठ बनाउने अवसरका रूपमा लिएको छ।
भायानेट घरायसी इन्टरनेटको पहिलो रोजाइ मात्र नभई कर्पोरेट क्षेत्रमा पनि विश्वासिलो पार्टनर बनिसकेको भायानेटका कमर्सियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले बताए।
‘भायानेट इन्टरप्राइज इन्टरनेट कनेक्टीभिटीमा मात्र सीमित नभई, आइटी सोलुसन पनि दिने भएकोले ‘वियोन्ड कनेक्टिभिटी’ दृष्टिकोण लिएर अघि बढिरहेका छौं,’ उनले भने, ‘कर्पोरेट क्रिकेट लिगमार्फत हाम्रा प्रमुख पार्टनरहरू बैंक, वित्तीय संस्था, उद्योग, सेवा तथा शिक्षण क्षेत्रसँग अझ नजिक हुने अपेक्षा राखेका छौँ। खेलकुदले सम्बन्धलाई बलियो बनाउन ठूलो भूमिका खेल्छ, यही हाम्रो मुख्य उद्देश्य हो।’