दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी एननेट (पर्पल) ले नेपालभरका व्यक्तिगत तथा संस्थागत ग्राहकका लागि अत्याधुनिक एफटिटिआर प्रविधिबाट वाइफाई–६ राउटरका साथै आइपिभी–६ प्रविधिबाट सेवा सुरू गरेको छ।
आइपिभी–६ प्रविधिलाई दूरसञ्चार प्राधिकरणले अनिवार्य गरिसकेको छ।
यो सेवा क्रमिक रूपले देशको सम्पूर्ण सहरी, पहाडी , दुर्गम, तथा, हिमाली क्षेत्रका ग्राहकलाई लक्षित गरी उच्चस्तरीय इन्टरनेट र आइपिटिभी सेवा सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ।
कम्पनीले दसैं–तिहार तथा छठको उपलक्ष्यमा इंट्रोडक्टरी अफर अन्तर्गत व्यक्तिगत ग्राहकका लागि १५ प्रतिशतसम्म छुट र तीन महिनासम्म बोनस दिने योजना ल्याएको छ।
त्यस्तै, एसएमई प्याकेज लिन चाहने ग्राहकहरूका लागि भने ५० सम्म छुट र तीन महिनासम्म बोनसका साथै मूल्य कम ब्यान्डविथ स्पीड दोब्बर गरिदिने कम्पनीले बताएको छ।