एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ नामक योजना सुरु भएको छ।
यो सेवा लिने ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन्।
नेपालमै पहिलोपटक सुरु भएको यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरू मध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुन्छ।
दुई प्याकेजहरूमा पहिलोमा कर सहित ९९ रूपैयाँको प्याक छ। ३ दिन समयसीमा रहेको यो प्याकमा एक सय एमबी डेटा, दुई लाख रूपैयाँ बराबरको म्यादी जीवन बीमा र दुई लाख रूपैयाँ बराबरकै घातक रोग बीमा पाइन्छ। यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ।
दोस्रोमा ३९ रूपैयाँको प्याक छ। यो प्याकमा ग्राहकले ३ दिनका लागि एक सय एमबी डेटा, ५० हजार रूपैयाँ बराबरको म्यादी जीवन बीमा र ५० हजार रूपैयाँ बराबरकै घातक रोग बीमा पाउँछन्। यो बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ।
ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानेर बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुई मध्ये एक प्याक लिन सक्छन्।
यी प्याकहरू *१२३*४*६# डायल गरेर पनि लिन सकिन्छ। प्याक लिएका ग्राहकहरूको बीमा फारम बुझाउने बित्तिकै तुरुन्तै सुरू हुन्छ भने गम्भीर रोगको कभरेज ३० दिनको प्रतिक्षा अवधिपछि सक्रिय हुन्छ।
यो साझेदारीले एनसेल प्रयोगकर्ताहरूका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ। विशेषतः लामो समयदेखि यस्तो सेवाबाट बन्चित विकट दुरदराजका समुदायहरूलाई यसले ठूलो सहयोग पुग्ने अपेक्षा कम्पनीको छ।
सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया, र प्रभावकारी बीमा सुविधासहितको ‘डाटासँगै जीवन बीमा’ योजनाले नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फको यात्रामा महत्वपूर्ण पहल सुरु गरेको कम्पनीको भनाइ छ।
‘मेटलाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकहरूका लागि बीमा सुरक्षा सहितको सेवा दिन पाउँदा हामी अत्यन्तै खुशी छौं,’ एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, ‘यो सहकार्य नेपाली समुदायको तल्लो स्तरसम्म पुगेर ठूलो समूहलाई बीमा पहुँच विस्तार गर्ने प्रतिबद्ध छ।