बिहीबार सुनको भाउ तोलामा ६ सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार बिहीबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ। बुधबार दुई हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार तीन हजार १० रूपैयाँ पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस तीन हजार ९ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।