मंगलबार सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार मंगलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले घटेको छ। सोमबार तीन हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार १५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस तीन हजार ९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।