ललितपुरको नख्खुमा खुलेको नेपालकै ठूलो अस्पतालले एक बालकको एकै पटक ३ वटा जटिल अप्रेसन गरेको छ।
नेपाल मेडिसिटी अस्पताललेललितपुर लुभुका मुकुन्द श्रेष्ठका ९ वर्षीय छोरा पवनको अन्ननलीमा रहेको प्वालको, फियोको र कलोजोसम्म रगत पुर्याउने नसाको बाइपास अप्रेसन सकुशल गरेको हो ।
यसअघि यस्तो जटिल अप्रेशनकालागि बिरामीहरु बिदेश जाने गरेका थिए। अस्पतालको सजिर्ककल टिम, भाष्कुलर, बालरोग विशेषज्ञ, आइसियु बिशेषज्ञ, रेडियोलोजिष्ट, ग्यास्ट्रो फिजिसियन, फिजियोथेरापीष्ट तथा न्युट्रिसनिष्ट लगायतको सामूहिक प्रयासमायो उपचार सफल भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिलकुमार शर्मा ढकालले जानकारी दिए।
यस प्रकार एकैसाथ तीनवटा जटिल अप्रेसन भने नेपालमा पहिलो पटक भएको उनको दाबी छ। उनले भने 'नेपाल मेडिसिटीको मेडिकल तथा सर्जिकल टिमले मल्टी डिसिप्लेनरी मिटिङ बाट यस केसलाई म्यानेज गर्न सकिएको हो । यस अस्पतालमा रहेको पूर्णकालिन अत्यन्त दक्ष चिकित्सकहरुको टोली तथा बिश्वस्तरिय उपचार उपकरणहरुले यस किसिमको उपचार सम्भव भएको हो ।'
बालकका बाबु मुकुन्द श्रेष्ठले भारतको लखनउमा अन्ननलीको सुन्नीएको नसाको इण्डोस्कोपीद्वारागरिएको स्क्लेरोथेरापी उपचार पछि छाति दुख्ने ज्बरो आउने भएपछि पवनलाई उपचारकालागि नख्खु स्थित मेडिसिटी अस्पताल ल्याइएको बताए ।
अस्पतालमा अनुसन्धानको क्रममा अन्न नलीमा प्वाल परेको देखियो । जसका कारण पबनलाई आइसियूमा भर्ना गर्नुपर्ने अबस्था (मिडियास्टिनाइटिस्) देखियो ।
आइसियू बसाइको सुरुवाति अवस्थामा सुधार आएपनि पूर्णरुपमा सुधार नआएपछि पबनको फियो, कलेजोमा रगत पुर्याउने नसा तथा अन्ननलीको प्वालको एकैसाथ अप्रेसन गर्ने निधो गरियो । सर्जरी लगायतका बिभिन्न बिभागका चिकित्सकहरुको सल्लाहपछि उनको अप्रेशनगर्ने निर्णय गरिएको थियो ।
उनले नेपालमा नै उपचार भएर निको हुदाँ आफ्नो छोराले दोस्रो जन्म पाएकोमा आफुलाई अत्यन्त खुशी लागेको बताए। 'उपचारका लागि नोभेम्बरमा भारत गएर नेपाल फर्किएपछि भने 'पवनको स्वास्थ्य एकाएक बिग्रियो र हामी निकै आत्तियौं 'उनले भने ।
सर्जन सहितको डाक्टरहरुको टिमले पवनको पहिले देखीको समस्या पोर्टल हाइपरटेन्सन जुन उ नौ महिनाको हुँदादेखी नै थियो । सर्जनहरुले यसको सर्जरी प्लान गर्नुपर्ने हुन्छ ।
'मैले भने अहिले पवनलाई ज्वरो आएको छ र खोकी छ पहिले त्यसको उपचार गरौं अनि सर्जरीका लागि भने हामी भारतमा जाने निधो गरिसकेका छौं' पवनका बाबु मुकुन्दले भने 'सिटी स्क्यान पनि भारतमा फेरी गर्नुपर्ने हुन्छ बरु मिल्छभने उतै गर्दा हुन्न भनेँ ।'
तर पवनको अवस्था झन झन गम्भिर हुँदै थियो । उसलाई तत्काल आइसियुमा भर्ना गर्नुपर्ने भयो । उसको सिटीस्क्यानमा समस्या पहिचान भयो । डाक्टर सुनिल कुमार शर्माको टिमले तत्काल एकै सिटिङ्मा पवनमा उपचारको कम्प्लिकेसन तथा बाल्य अवस्थादेखिको समस्याको सर्जरीगरेपछि उसको स्वास्थ्यमा राम्रो सुधार आयो ।मेडिसिटी अस्पताल र चिकित्सकहरु प्रति हामी आभारी छौं ।
नेपालीहरुलाई उपचारकालागि बिदेश जानुपर्ने बाध्यताको अन्त्यकालागि केहि महिनाअघिमात्र खुलेको नेपाल मेडिसिटी अस्पतालमा यस किसिमका जटिल अबस्थाका समस्याहरु तथा ठूला क्यान्सरहरुको बहु बिभागिय छलफल गरी उचित उपचार गर्नकालागि बिशेषज्ञ चिकित्सकहरुको छलफल बोर्ड समेत रहेको छ । जसकाकारण बिरामीको रोगको निदान तथा सर्बपक्षिय उपचार सुनिश्चित हुने गरेको छ ।