ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं महासभामा भाग लिन नयाँ दिल्ली गएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्टरबीच बुधबार भेटवार्ता भएको हो।
विद्युत मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जा सम्बन्धी सहकार्य, विद्युत व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति, दुवै देशबीच दीर्घकालीन ऊर्जा क्षेत्रमा साझेदारी लगायतका विषयमा विस्तृत छलफल भएको थियो।
भेटमा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतम लगायतको उपस्थिति थियो।