काठमाडौंलाई पोखरासँग जोड्ने मुग्लिन-पोखरा सडक विस्तारको काम धमाधम भइरहेको छ।
दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो। यो सडकलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ।
मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले तनहुँको जामुनेदेखि मुग्लिनसम्म ४१.४५ किमीलाई पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म ३८.८ किमी सडकलाई पश्चिम खण्डमा विभाजन गरेर ठेक्का लगाएको थियो।
पूर्वी खण्डमा ८० प्रतिशत र पश्चिम खण्डमा ५० प्रतिशत काम सकिएको बताइएको छ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनमा विस्तार गरिएको हो।
तस्बिरहरूः
-ink-1748576005.jpeg)
-ink-1748576005.jpeg)
-ink-1748576005.jpeg)
-ink-1748576004.jpeg)
-ink-1748576004.jpeg)
-ink-1748576003.jpeg)
-ink-1748576003.jpeg)
-ink-1748576003.jpeg)
-ink-1748576003.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।