दुम्कीबासस्थित विनयी खोलाको नयाँ पुलबाट सवारी साधन आवतजावत गर्न थालेका छन्। उक्त पुल बिहीबार बिहानबाट सञ्चालनमा आएको हो।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने विनयी खोलाको पुरानो पुलमा गत पुसमा अत्यधिक लोड बोकेको भारतीय गाडीले क्षति पुर्याएको थियो।
उक्त पुल भत्किएपछि विनयी खोलामा कल्भर्ट हालेर अस्थायी डाइभर्सन बनाइएको थियो।
वर्षापछि खोलामा बहाव बढ्दा निर्माण गरेको अस्थायी डाइभर्सन पटक–पटक गरी ९ पटकसम्म बगाएको थियो।
गत असार ६ गते विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस नै बगाएको थियो।
असार ७ गतेबाट उक्त डाइभर्सन बन्द गरिँदै आएकामा उक्त विनयी खोलामा २४५ मिटर लामो नयाँ पुल बनेपछि यातायात सञ्चालन सहज भएको हो।