बारा जिल्लाको सिमरास्थित अशोक स्टिलले बिजुली बक्यौताको दोस्रो किस्ता पनि बुझाएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार स्टिलले दोस्रो किस्ता बापत ६३ लाख रूपैयाँ तिरेको प्राधिकरणले जनाएको हो।
यसअघि पहिलो किस्ता बापत पनि ६३ लाख रूपैयाँ बुझाएको थियो। यो उद्योगले २८ किस्ताको सुविधा लिई उक्त रकम बुझाएको हो।
यसको बक्यौता १७ करोड ५८ लाख रूपैयाँ रहेको प्राधिकरणले जनाएको छ।
उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापतको प्रिमियम महसुल तिर्न बाँकी छ। पछिल्लो समय प्राधिकरणले किस्तामा तिर्ने सुविधा दिएसँगै तिर्न थालेका छन्।