ओखलढुंगाको खिजिदेम्बा चण्डेश्वरीमा निर्माण भएको खिजिदेम्बा बिमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थल सञ्चालनका लागि परीक्षण उडान गराएको हो।
उक्त विमानस्थलमा तारा एयरको जहाजले उडान गरेको थियो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टाराईसहितको टोली परीक्षण उडानमा गएको थियो। उनले उक्त विमानस्थलमा छिट्टै नियमित उडान गर्ने जानकारी गराएका छन्।
योसँगै ओखरढुंगामा २ विमानस्थल भएका छन्। यसअघि रुम्जाचटार विमानस्थल सञ्चालनमा छ।
हाल कूल आन्तरिक विमानस्थल ५४ छन्। त्यसमा २७ ओटामा मात्र नियमिति उडान भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
आज उद्घाटन भएको विमानस्थलसँगै ५५ पुगेका छन् भने नियमित उडान नहुने विमानस्थलको संख्या १८ पुगेको छ।