सरकारी खर्च तथा आम्दानीको वास्तविक विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयले सञ्चालन गर्ने सफ्टवेयरबाट एक महिनाको डाटा लस्ट भएको छ।
स्थानीय सरकारको रियलटाइम तथ्यांक राख्नका लागि विकास गरिएको सुत्र नामक सफ्टवेयरबाट डेटा लस्ट भएको हो।
उक्त सफ्टवेयरबाट मंसिर पहिलो हप्तादेखि अन्तिमसम्मको सबै डाटा लस्ट भएको कार्यालयका प्रवक्ता रामप्रसाद सिवाकोटीले जानकारी दिए।
सफ्टवेयरबाट डेटा लस्ट भएपनि ब्याकप गर्न सकिन्छ। तर कार्यालयले सबैतिरबाट डेटा हराएको जनाएको छ।
'हाम्रो करिब एक महिनाको डेटा लस्ट भएको छ। हामीले ब्याकप गरेको सर्भरबाटै उक्त डाटा हराएको छ' सिवाकोटीले भने।
तर स्रोतहरुका अनुसार सरकारी सर्भर जिआइडिसी प्रयोग नगरिएका कारण यस्तो भएको हो।