नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले ‘यूपिएस ट्युब्लर’ ब्याट्री बजारमा ल्याएको छ।
मंगलबार सिप्रदी ट्रेडिङ्ग प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र एक्साइड इन्डस्ट्रियल इन्डियाका जनरल म्यानेजर अमिताभ बाक्क्षीले संयुक्त रुपमा सार्वजनिक गरे।
४८ महिना वारेन्टी भएको यस ब्याट्रिमा डिप डिस्चार्ज गर्न मिल्ने विशेष प्रकारको फ्लोटले गर्दा पानी हाल्दा सजिलो र पोखिने जोखिम कम हन्छ।
एसिड लेभल उच्च भएको हुँदा बारम्बार रिफिल गरी रहने झमेला नहुने लगायतका विशेषताहरु रहेको कम्पनीले जानकारी दियो।