लक्ष्मी बैंकले भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ।
सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवन प्रकाश लिम्बु र सेलकम प्रालीका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन्।
लक्ष्मी बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता खोल्ने वित्तिकै सयको मोबाइल रिचार्ज पाउने, सेलपेमार्फत विभिन्न भुक्तानीहरु गर्दा आकर्षक लोयल्टी पोईन्ट पनि पाउने भएका छन्।
ग्राहकले सेलपेमा आवद्ध गरिसकेका अन्य बैंकमा वा त्यहाँबाट लक्ष्मी बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्छन्।
साथै सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्छन्।
यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल भुक्तानी गर्न सकिने बताइएको छ।
लक्ष्मी बैंकको हालसम्म १२० शाखाहरु र १४५ एटिएममार्फत सेवा दिदैं आएको छ।